बाङ्गेसिमलमा नर्सिङ्ग होम सञ्चालन

सुर्खेत, ७ बैशाख । सुर्खेतको वीरेन्द्रनगर स्थित बाङ्गेसिमल बजारमा पहिलो पटक नर्सिङ्ग होम सञ्चालन भएको छ । वीरेन्द्रनगर एरिचोकमा रहेको सुर्खेत हस्पिटल प्रा.लि.ले शुक्रबारदेखि बाङ्गेसिमलमा जिपि मेमोरीयल नर्सिङ्ग होम सञ्चालन गरेको हो । नर्सिङ्ग होमको औचारिक उद्घाटनपछि शुक्रबारदेखि सेवा दिन थालिएको छ । नर्सिङ्ग होमबाट २४ सै घण्टा इमरजेन्सी सेवा, ओपिडी सेवा, ल्याब सेवा, इको, […]

Continue Reading

छत्रेश्वरीमा एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

शंकर केसी  सल्यान । छत्रेश्वरी गाउँपालिकामा एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ३१२ जनाले सेवा लिएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजना र छत्रेश्वरी गाउँपालिकाको समन्वयमा भएको शिवरमा १९ जनाले दन्तरोग तथा मुख स्वास्थ्य सेवा, ३३ जनाले ल्याब सेवा, १४ जनाले इसीजी सेवा, ४ जनाले युएसजी सेवा र […]

Continue Reading

विश्व स्वाथ्य दिवसका अवसरमा प्रभातफेरी

सुर्खेत, २५ चैत । आज विश्व स्वास्थ्य दिवस विविध कार्यक्रम गरी मनाइदै छ । विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ का दिन मनाइने विश्व स्वास्थ्य दिवसको नेपालमा यस वर्षको नारा ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने रहेको छ । स्वास्थ्य प्रवद्र्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकाहरूलाई स्वास्थ्य सेवा प्रदान गरी […]

Continue Reading

आज आठौँ स्वास्थ्य बीमा दिवस सबै पालिकामा सेवा विस्तार

चैत २५, काठमाण्डौ । आज आठौँ स्वास्थ्य बीमा दिवस मनाईंदैछ । ’तपाईको स्वास्थ्य हाम्रो अठोट,  स्वास्थ्य सेवामा सर्वब्यापी पहुँच’ भन्ने नाराकासाथ स्वास्थ्य बीमा दिवस मनाउन लागिएको हो । नेपालमा २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्य बीमा कार्यक्रम ७७ वटै जिल्लाका ७ सय ५३ वटा पालिकामा विस्तार भएको छ […]

Continue Reading

नेपालमा ३४ प्रतिशत मानिसले गर्छन् सुर्तीजन्य पदार्थको प्रयोग, सबैभन्दा धेरै कर्णालीमा

चैत २५, काठमाण्डौ । नेपालमा ३४ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले गरेको सर्वेक्षणअनुसार कुल पुरुषमध्ये ५७ प्रतिशत र कुल महिलाको ११ प्रतिशत गरी समग्रमा ३४ प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने गरेको पाइएको हो । सबैभन्दा धेरै कर्णाली प्रदेशमा ४७ दशमलव ८ प्रतिशत मानिसले कुनै न कुनै […]

Continue Reading

देशभरका २४ जिल्लाका चार सय १३ वटा पालिकाका सबै बालबालिकाले लगाए दादुरा–रुबेलाविरुद्धको खोप

फागुन २९, काठमाण्डौ । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियान अन्तर्गत देशभरका २४ जिल्लाका चार सय १३ वटा पालिकाका सबै बालबालिकाले खोप लगाएका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका १ सय ८० पालिकामा खोप अभियान जारी छ । अहिलेसम्म करिब ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार […]

Continue Reading

देशभर २० लाख बालबालिकाले लगाए दादुराको खोप

२४ फागुन, काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकामध्ये प्रारम्भिक चरणमा अहिलेसम्म करिब २० लाखले खोप लगाएका हुन् । उहाँका अनुसार ४४ जिल्लाको प्रारम्भिक प्रतिवेदनअनुसार करिब […]

Continue Reading

मानसिक स्वास्थ्य रणनीति निर्माण बारे अनुभव आदान प्रदान गर्न तीन प्रदेशका मन्त्रीस्तरीय टोली कर्णालीमा 

सुर्खेत, १८ फागुन । मानसिक स्वास्थ्य सम्बन्धी प्रादेशिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनैतिक कार्ययोजना निर्माण र त्यसको कार्यान्वयन अवस्था बारे सिकाइ आदान प्रदान गर्न तीन प्रदेशका सामाजिक विकास मन्त्रीसहितको टोली कर्णाली प्रदेश आएका छन् । सात प्रदेश मध्य सबै भन्दा पहिला मानसिक स्वास्थ्य रणनीति निर्माण गरेको कर्णालीसंग निर्माण प्रक्रिया र त्यसको कार्यान्वयन बारे अनुभव सुन्न […]

Continue Reading

दादुरा–रुवेलाको विरुद्धको खोप सुरक्षित र प्रभावकारी

फागुन १२, काठमाण्डौ । भोलिदेखि शुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेकाले सबैले आ–आफ्नो बालबालिकालाई खोप लगाउन सरकारले अनुरोध गरेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले खोपको प्रभावकारिता ८५ प्रतिशत रहेकाले सबै बालबालिकालाई लगाउन अनुरोध गर्नुभयो । दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै भोलिदेखि चैत ७ गतेसम्म खोप […]

Continue Reading

फागुन १३ गतेदेखि चैत ७ गतेसम्म दादुरा–रुबेलाको खोप अभियान

फागुन १०, काठमाण्डौ । सरकारले आउँदो फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका सबै बालबालिकाका लागि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । प्रवक्ता डा.बुढाथोकी अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको […]

Continue Reading