समाचार

  • सुर्खेत प्रादेशिक राजधानी कसरी ?

    सुर्खेत, १६ फागुन (जागरण) । संविधानले मूलुकमा सात वटा प्रदेशको सुनिश्चितता गरेको साढे एक बर्षमा विभिन्न कोणबाट वहसहरु चलिरहेका छन् । ती मध्ये एउटा चर्चाको विषय हो प्रादेशिक राजधानीको केन्द्र कहाँ बन्छ होला ? यो प्रश्न धेरै नागरिकहरुमा उब्जीरहेको छ । प्रदेश नं.६ मा...

  • बालविवाह मुक्त बनाउने महाअभियान सुर्खेतबाट

    सुर्खेत, १५ फागुन (जागरण) । नेपाललाई नै बालविवाह मुक्त बनाउने भन्दै सुर्खेतमा आजदेखि फेरी अभियान सञ्चालन हुने भएको छ । विशेष समारोहमार्फत् बालविवाहरहित समाज निर्माण गर्ने महाअभियान सुर्खेतबाट शुरु हुने भएको हो ।   दक्षिण एशियामै बालविवाह हुने...

  • आउला त भेरीको पानी सुर्खेत उपत्यकामा ?

    सुर्खेत, १४ फागुन (जागरण) । सुर्खेत उपत्यकामा हुने गरेको खानेपानीको अभाव टार्न यसै आर्थिक वर्षदेखि भेरी नदीमा पम्पिङको काम शुरु गरिने भएको छ । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गराएको योजनाअनुसार भेरीको पानी ल्याउन हेभी पम्पिङको काम गरिने...

  • घर छेउमै स्वास्थ्य जाँच्न पाउँदा खुसी

    सुर्खेत, १४ फागुन (जागरण) । आफ्नै घर नजिक सित्तैमा स्वास्थ्य परिक्षण गर्न पाएपछि सुर्खेतको साटाखानी गाविसका नागरिकहरु खुसी भएका छन् । आफूलाई रोग लागेको वा नलागेको थाह पाउन र उपचार गर्न सदरमुकाम वीरेन्द्रनगर पुग्ने गरेका नागरिकहरु घर नजिकै शिवीर बसेपछि खुसी...

  • अव तास खेलेर बस्ने होइनः महान्यायाधिवक्ता

    सुर्खेत, १४ फागुन (जागरण) । सुर्खेत आउनुभएका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले अव फुर्सदको बेला तास खेल्नुभन्दा नयाँ नयाँ अनुसन्धान गर्ने वानी बसाल्न सरकारी वकिलहरुलाई सुझाव दिनुभएको छ । अपराधका शैली समयअनुसार परिवर्तन हुने गरेको भन्दै उहाँले त्यहि...

  • आज हुने भनिएको सुर्खेत बन्द फिर्ता

    सुर्खेत ११ फागुन (जागरण) । नेकपा एमाले निकट युवा संघ जिल्ला किमिटी सुर्खेतले आज गर्ने भनेको सुर्खेत बन्द फिर्ता लिएको छ ।  हिजो एक विज्ञप्ति जारी गर्दै संगठनले बन्द फिर्ता लिने निर्णय गरेको हो ।   संघका जिल्ला अध्यक्ष खिमलाल देवकोटाले जारी गरेको विज्ञप्तिमा...

  • एकै रातमा ६ तस्कर पक्राउ

    सुर्खेत, ८ फागुन (जागरण) । सुर्खेतका छुट्टाछुट्टै ठाउँबाट काठ तस्करहरुलाई नियन्त्रणमा लिइएको छ । एकै रातमा ६ जनालाई नियन्त्रणमा लिइ कारबाही शुरु भएको छ । जिल्ला वन कार्यालय सुर्खेतले दिएको जानकारीअनुसार वीरेन्द्रनगर २५ को हर्राडाँडाबाट दुई जना तथा लेखफर्सा...

  • २७ करोडको लगानीमा सुर्खेतमा शुभ होटल सञ्चालनमा आउँदै

    सुर्खेत,६ फागुन (जागरण) । प्रदेशनम्वर ६ को राजधानीको रुपमा चर्चा आएसँगै सुर्खेतमा स्तरिय होटलमा लगानी बढ्न थालेको छ । प्रादेशिक राजधानीका रुपमा सुर्खेत स्थापित हुँदा बाहिरबाट आउने पर्यटकलाई सेवा गर्न र ठूलाठूला सभा सेमिनारहरु गर्नका लागि भन्दै होटलमा लगानी...

  • प्रदेश नम्बर ६ स्तरिय सामाजिक परिचालकहरुको भेला

    सुर्खेत, २९ माघ (जागरण) । प्रदेश नम्बर ६ स्तरिय सामाजिक परिचालकहरुको भेला शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेला सामाजिक परिचालक हकहित संरक्षण केन्द्र सुर्खेतका विन्द बहादुर अधिकारीको अध्यक्षता भएको हो ।  कार्यक्रममा बोल्दै जिल्ला विकास...

  • क्षेत्रीय प्रशासक ः इमान्दार भएर काम गर्नुस, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसंग डराउनुपर्दैन

    सुर्खेत, २९ माघ (जागरण) । मध्यपश्चिम क्षेत्रीय प्रशासक वेगेन्द्रराज शर्मा पौडेलले निजामति कर्मचारीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगसंग नडराउन आग्रह गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा सुर्खेतमा...

  • गाविसको काम बारे छानबीन गर्न माग

    सुर्खेत, २८ माघ (जागरण) । सुर्खेत साटाखानीका स्थानियले गाविसमा भएका अनियमितता, भष्ट्राचार विषयमा छानविन गर्न माग गरेका छन । बिहीबार गाविसमा चुडामणी ढकालको अध्यक्षतामा बसेको भेलालले गाविसमा भएका अनियमितताको लागि छानविन गर्न माग गरेको हो ।  विकास निर्माको काम...

  • स्थानिय निकायका कर्मचारीहरुले आजपनि ३ घण्टा पेन डाउन गर्ने

    सुर्खेत, २८ माघ (जागरण) । विभिन्न माग राख्दै स्थानिय निकायका कर्मचारीहरु आन्दोलित भएका छन् । आफुहरुलाई दोहोरो कर्मचारीको रुपमा राज्यले विभेद गरेको भन्दै उनिहरु आन्दोलित भएका हुन् ।  आन्दोलनको नवौ दिन बिहीबार सुर्खेतमा रहेका सबै स्थानिय निकायमा एक घण्टा पेन...

  • सुर्खेत छिन्चुमा ६ बर्षदेखि निर्माणाधिन स्वास्थ्यचौकी अझै निर्माण हुन सकेन

    सुर्खेत, २७ माघ (जागरण) । सुर्खेत छिन्चुमा निर्माणाधिन स्वास्थ्यचौकी काम शुरु भएको लामो समयसम्म नबन्दा शहरी विकास तथा भवन निमार्ण डिभिजन कार्यालको ध्यानाकर्षण गराइएको छ ।  ६ वर्षसम्म बन्न नसकेपछि स्वास्थ्य चौकी छिन्चुले आज पत्रमार्फत ध्यानकर्षण गराएको हो...

  • सरकारी कर्मचारीहरु पालो पालो आन्दोलनमाः जनता मर्कामा

    सुर्खेत, २७ माघ (जागरण) । गविस सचिवहरुको आन्दोलन पछि स्थानिय निकायका अन्य सकारी कर्मचारीहरु आन्दोलिनत भएका छन् ।  हिजोमात्र गाविस सचिवहरु आफ्ना माग पुरा भएपछि काममा फर्कीएका थिए तर स्थानीय निकायमा कार्यरत कर्मचारीले विभिन्न ६ वुदे माग राख्दै आन्दोलनमा गएका...

  • अमरज्योतीमा विब्यसका सदस्य चयन

    सुर्खेत, २६ माघ (जागरण) । अमरज्योती नमूना माध्यमिक विद्यालय नेवारेको विद्यालय व्यवस्थापन समिति सदस्य चयन गरिएको छ । मंगलबार सम्पन्न अभिभावक भेलाले चार जना सदस्य छनौट गरेको हो । महिला सदस्यमा चन्द्रकुमारी लामिछाने र ज्योती विक चयन हुनुभएको छ । साथै रेशम भण्डारी...

सामाजिक संजाल