हाम्रो सुर्खेत, सुन्दर सुर्खेत हाम्रो प्रतिबद्धता

नविन खड्का समाजसेवी हाम्रो भध्यपश्चिमको राजधानि सुर्खेतको मुटु  विरेन्द्रनगर हो । सवैलाई मन पर्ने सुर्खेत यस जिल्ला यसले हाम्रो मौलिकता बोकको छ । यहाँको सौन्दर्यता हरियालि वनपाखा, ताल तलैया, धार्मिक स्थल कञ्चन सुसाउदै सुर्खेति भावना बोकि बगिरहेको भेरी नदिको छाल सँग हाम्रा भावनाहरु र यहाँको वन जंगलमा पाईने जडिुटि डाँडा काँडाहरुले दिएको चिसो हावा चिसो हावा सँगै रमाएका हामि  सुर्खेती जनाता यहाँको विकासका पुर्वाधारहरुले दिएको केहि चर्चा गरौ ।
यहाँको सडक, वाटो, पुल, खानेपानि, मन्दीर ताल तलैयाहरुको सौन्दर्यपन त्यत्तीकै मात्रमा झलकीयको पाइन्छ । यहाँ विभिन्न भेष भुषा रहन सहन जाजातिको एकताले झन गर्व वनाएको छ । यहाँको हावापानि सुहहाउदो भएकाले मानिसहरु बसोवास गर्न रुचाउछन् । यहाँको माटो जिल्लाको भु–भाग कृषिमा योग्य देखिएता पनि यहाँको बढ्दो जनसंख्या यातायात सवारिको बढ्दो चाप दिन प्रतिदिन बढ्दै गहिरहेकाले मेरो ध्यानाकर्षण भएको छ ।
अव्यवस्थीत वसोवासले सडक फोहार र सडक छेउछाउ राखिएका गाडि पार्किङले गाडि र्ममत व्यवस्थीत नहुँदा, छाडा पशु चौपाया , पैदल यात्रि,  जेब्रा क्रसिङ,  ट्राफीक नियम फितलो हुनाले चिन्तित बनाएको छ । पछिल्लो समय सडकबाटोमा केहि सुधारको पहल भएपनि छिटो छरितो हुन नसक्दा पुलको आवश्यक्ता अनुसार नहुदा उपत्यकावासीको प्रयाप्त मात्रामा पानी बत्तीको लोडसेडिङ्गको हैरानीले पिरोलिरहेको छ । उपत्यकाको संरक्षण सम्बद्र्धन हुन नसक्दा झन जिल्ला भित्रने मानिसहरुको सँख्या कमी आउने हुन सक्दछ । अर्कोतिर शहर व्यवस्थित नहुदा सुन्दरनगर भन्ने नाम मात्र भएको देखिन्छ । सुर्खेत जिल्लाको गहणाको रुपमा रहेका बुलबुले ताल, देउती वज्यै, काक्रेविहार जस्ता पर्यटकिय क्षेत्रको सम्वद्र्धन हुन नसक्दा यसबाट हुने आर्थिक लाभ लिन सकिएको छैन । यी लगायत यहाँका पर्यटकिय क्षेत्रको विकास हुन नसक्दा पहाडि क्षेत्रले घेरिएको सुर्खेतलाई भनेजस्तो बनाउन सकिएको छैन । सुर्खेतका चारकुने, चोखे ढुङ्गा लगायत धुलियाबिट हुदै पहाडि क्षेत्रमा जोडिएका सडकहरु नहुदा समस्या भएको अवस्थामा यसको चाँडै विकास गरेर सबै नागरिकहरुको पहँचमा पु¥याउनको लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने देखिन्छ । सुर्खेतका यी पर्यटकिय क्षेत्रको विकास र प्रवद्र्धन गर्न सकेको खण्डमा साच्चिकैको सुन्दर तथा विकासमुखि सुर्खेत हुन सक्छ ।
 

Comment

सामाजिक संजाल