नेपाली लोक संस्कृती जोगाउने मेरो पहिलो काम हुनेछः कलाकार टोपेन्द्र खड्का

सुर्खेत, २८ पुष (जागरण) । टोपेन्द्र खड्का भन्न वित्तीकै तपाईले सुनीरहनुभएको एउटा नयाँ नाम हो । जुन नाम अहिले परिचित हुदै गइरहेको छ । 
यो नाम यसरी परिचित भएको हो की ? उहाले करिव ५ वटा गितको शब्द संकलन गरिसक्नुभएको छ भने अरु १० वटा गितको शब्द संकलनको तयारीमा हुनुुहुन्छ ।
उहालाई अहिले विदेशका धेरै देशमा बस्ने कलाकारहरुले आफ्नो गितको शब्द संकलन गरिदिनुपर्ने बताउने गरेका छन् । र उहा अहिले शब्द संकलनमा नै व्यस्त हुनुहुन्छ ।  
उहाले यसअघि दशै तथा तिहार सम्बन्धीका गितहरुमा शब्द दिइसक्नुभएको छ । उहा अहिले विदेशमा हुनुहुन्छ । विदेशबाटै पनि आफ्ना मौलिकतालाई जोगाउन आफु लागि परेको खड्काको भनाई छ । 
पछिल्लो समय गित संगितमा आएको विसंगतीलाई हटाउन पनि आफु लाग्ने बताउनुभयो । 
टोपेन्द्रको घर दैलेख जिल्लाको लालिकाँडामा पर्दछ । आफ्नो ताकतले भ्याएसम्म लोक संस्कृती जोगाउन आफु तल्लिन हुने उहाको प्रतिक्रिया छ । 
वैदेशिक रोजगारीमा विदेशमा गएर संगित क्षेत्रलाई सुधार गर्छु भनेर लाग्ने कलाकार टोपेन्द्रलाई हाम्रो छड्के सलाम छ ।
 

Comment

सामाजिक संजाल