सुर्खेतमा पहिलो पटक मिस सुर्खेत २०१७ सञ्चालन

सुर्खेत, ९ माघ (जागरण) । सुर्खेतमा पहिलो पटक मिस सुर्खेत २०१७ सञ्चालन भएको छ । 
व्यक्तित्व विकास गर्दै मोडलिङ्गको ज्ञान दिन र सामाजिक सोच परिवर्तन गर्ने भन्दै मिस सुर्खेत शुरु भएको हो ।
शुत्र मोडलिङ्ग एण्ड आर्ट क्रियसन वीरेन्द्रनगर सुर्खेतको आयोजनामा मिस सुर्खेत शुरु भएको हो ।
आयोजक संस्था क्रियशनका निर्देशक विजय खत्रीले सौन्र्दय र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउनका लागि मिस सुर्खेतमा सञ्चालनमा ल्याएको बताउनुभयो ।
भोली आइतवारदेखि आवेदन फारम वितरण शुरु गरेको बताएका निर्देशक खत्रीले फाइनल प्रतियोगिताबाट मिस सुर्खेत छनौट गरिने जानकारी दिनुभयो । उहाँका अनुसार मिस सुर्खेतमा सहभागी हुन चाहनेले फारम शुल्क पाँच सय र तालिम शुल्क ७ हजार तोकिएको छ ।
संकलन भएका आवेदन मध्यबाट ४० जना महिला मिस सुर्खेतका लागि छनौट हुनेछन् । मिस सुर्खेत प्रतियोगितामा प्रथम हुनेले ५० हजार नगद पुरस्कार र राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था रहेको खत्रीको भनाई छ । 
 

Comment

सामाजिक संजाल