खेलकूद प्रतियोगिता गरी सहिद सप्ताह मनाइयो

सुर्खेत, १३ माघ (जागरण) । जनसेवा माद्यमिक विद्यालय वीरेन्द्रनगर घुस्रा सुर्खेतले खेलकूद प्रतियोगिता गरी सहिद सप्ताह मनाएको छ ।
विद्यालयले माद्यमिकतह स्तरीय अन्तरसदनात्मक छात्रछात्रा भलिवल प्रतियोगिता गरी सप्ताह मनाएको हो ।
चार वटा सदनको सहभागिता रहेको छात्रा प्रतियोगितामा धौलागिरी सदन प्रथम, अन्नपूर्ण द्वितीय, सगरमाथा तृतीय तथा माछापुच्छ्रे सदन सान्त्वना हुन सफल भएको छ ।
यस्तै छात्रतर्फको प्रतियोगितामा धौलागिरी सदन प्रथम, सगरमाथा द्वितीय, अन्नपूर्ण तृतीय र माछापुच्छ्रे सदन सान्त्वना भएको प्रधानाध्यापक भक्तबहादुर शाहीले जानकारी दिनुभयो ।
 
 

Comment

सामाजिक संजाल