देवकोटामाथी गरिएको आक्रमणका दोषिलाई कारवाही गर्न युवा संघ सुर्खेतको माग

सुर्खेत, २३ माघ (जागरण) । युवा संघ सुर्खेतका अध्यक्ष खिमलाल देवकोटामाथी गरिएको आक्रमणका दोषिलाई कारवाही गर्न युवा संघ सुर्खेतले माग गरेको छ । 
शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले योजनाबद्ध तरिकाले गरिएको आक्रमणको सत्यतथ्य छानविन गरि दोषीलाई कारवाही गर्न माग गरेको हो । 
गयराती सालकोट गाविसको वडा नम्बर ५ मा विशेष कार्यक्रममा सहभागि हुन गएका देवकोटालाई नचिनेका व्यक्तीले आक्रमण गरि घाइते बनाएका थिए । 
आक्रमणमा संगलग्न दोषीमाथी २४ घण्टाभित्र कारवाही नगरिए आफै कारवाहीको लागि जुट्ने संघका उपाध्यक्ष कमल विसीको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
आक्रमण कसले र किन ग¥यो अहिलेसम्म खुलीसकेको छैन ।
देशव्यापीरुपमा युवाहरुको लोकप्रियता कमााउदै गएको युवासंघका कार्यकर्तामाथी बारम्बार यस्ता आक्रमण हुदा पनि सम्बन्धीत निकाय टुलुटुलु हेरेर बसेको संघले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 
सुर्खेतमा मात्र नभई देशभर नै युवासंघका कार्यकर्तामाथी आक्रमण हुने गरेको बताउदै संघले यस्ता कार्य बन्द नगरिए युवासंघ चुप लागेर नबस्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
 

Comment

सामाजिक संजाल