झापा गोल्डकपको उउपाधी मनाङलाई

काठमाडौं २५ माघ (जागरण) । दोस्रो झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ–मर्स्याङ्दी क्लबले जितेको छ ।
आज भएको फाइनलमा आयोजक झापा–११ लाई १–० ले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।
डोमलाल राजवंशी रंगशालामा भएको खेलको ६३ औं मिनेटमा नाइजेरियन खेलाडी ओलावालेले गोल गर्दै मनाङलाई जिताउनुभएको हो ।
निराजन मल्लले प्रहार गरेको बल झापाका गोलरक्षकबाट फुत्किएपछि ओलावालेले जाली गोलमा परिणत गर्नुभएको हो । त्यही गोल नै मनाङको जितमा निर्णायक बन्यो ।
‘ए’ डिभिजनका ८ सहित १० टोलीले सहभागिता जनाएको प्रतियोगितामा उपाधि जितेसँगै मनाङले सात लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपविजेता झापाले साढे तीन लाख रुपैयाँ पाएको छ ।
खेलको ‘म्यान अफ द म्याच’ मनाङका निराजन मल्ल घोषित हुनुभयो । झापा–११ अघिल्लोपटकको झापा गोल्डकपमा पनि उपविजेता बनेको थियो । 
सेमिफाइनलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई तथा झापा–११ ले हिमालयन शेर्पालाई हराउँदै फाइनलमा पुगेका थियो ।
 

Comment

सामाजिक संजाल