सामाजिक परिचालकहरको प्रदेश स्तरिय भेला यहि माघ २८ गते सुर्खेतमा

सुर्खेत, २६ माघ (जागरण) । स्थानिय तथा सामुदायिक विकास कार्यक्रमका सामाजिक परिचालकहरको प्रदेश स्तरिय भेला यहि माघ २८ गते सुर्खेतको विरेन्द्रनगरमा हुने भएको छ ।
स्थानिय तथा समुदायिक विकास कार्यक्रम (LGCDP)  अन्तरगतका सामाजिक परिचालकहरुको मंगलबार भएको प्रथम जिल्ला भेलाले यस्तो निर्णय गरेको हो ।
भेलाले विन्द वहादुर अधिकारीको अध्यक्षतामा ११ सदस्यीय समाजिक परिचालक हकहित संरक्षण   समिति पनि गठन गरेको छ । जसको उपाधक्षमा टिकाराम खरेल, सचिवमा पुर्ण वहादुर नेपाली, सह–सचिवमा नन्दा वुढा र कोषाअध्यक्षमा हरिमाया कार्की चयन हुनुभएको छ ।
यस्तै, सदस्यहरुमा रेखा केसी, जयलाल सुनार, खिम विक, रतन विसी, गिता ठाडा र गोमा जिशी चयन हुनु भएको छ ।
 

Comment

सामाजिक संजाल