स्थानिय निकायका कर्मचारीहरुले आजपनि ३ घण्टा पेन डाउन गर्ने

सुर्खेत, २८ माघ (जागरण) । विभिन्न माग राख्दै स्थानिय निकायका कर्मचारीहरु आन्दोलित भएका छन् । आफुहरुलाई दोहोरो कर्मचारीको रुपमा राज्यले विभेद गरेको भन्दै उनिहरु आन्दोलित भएका हुन् । 
आन्दोलनको नवौ दिन बिहीबार सुर्खेतमा रहेका सबै स्थानिय निकायमा एक घण्टा पेन डाउन गरिएको छ । हातमा कालोपट्टी बाँधेर उनिहरुले पेन डाउन गरेका हुन् । कर्मचारीहरुले बिहीबार विहान १० बजेदेखि ११ बजेसम्म सम्पूर्ण कर्मचारीहरुले पेन डाउन गरेका थिए ।
स्थानिय निकाय कर्मचारी संघ छैठौँ प्रदेशका अध्यक्ष टंक लामिछानेले स्थानिय निकाय र निजामति कर्मचारी भनी राज्यबाट दोहोरो कर्मचारीतन्त्रको निहुमा विभेद गरिएको भन्दै आन्दोलनमा जान बाध्य रहेको बताउनुभयो । 
राज्यपक्षबाट पुर्नसंरचनाको क्रममा यस्तो विभेदको अन्त्यगर्नुपर्ने उहाको माग रहेको छ । कार्यक्रममा नेपाली कांग्रेसका देवकुमार सुवेदीले राज्य पुर्नसंरचनाको क्रममा कर्मचारीहरुका उचित माग सम्बोधन गर्न राज्यले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले पुर्नसंरचनापछि कर्मचारीहरु बीच विभेदको गन्ध आउन नहुने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष धु्रबकुमार शाहीले कर्मचारीहरुको उचितमागको बारेमा सम्बोधनगर्दै नागरिक मुखी सेवा बनाउनुपर्ने बताउनुभयो । पुर्नसंरचनाको समयमा यस्ता मागहरुलाई सम्बोधन गर्दै अघि बढ्न सुझाव दिनुभयो ।
आन्दोलनको कार्यक्रम अन्र्तगत शुक्रबार(आज) विहान १० बजेदेखि १ बजेसम्म ३ घण्टा पेन डाउन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।  
 

Comment

सामाजिक संजाल