गाविसको काम बारे छानबीन गर्न माग

सुर्खेत, २८ माघ (जागरण) । सुर्खेत साटाखानीका स्थानियले गाविसमा भएका अनियमितता, भष्ट्राचार विषयमा छानविन गर्न माग गरेका छन । बिहीबार गाविसमा चुडामणी ढकालको अध्यक्षतामा बसेको भेलालले गाविसमा भएका अनियमितताको लागि छानविन गर्न माग गरेको हो । 
विकास निर्माको काम अधुरो हुनुका साथै आज सम्म कुनै पनि योजनाको सार्वजनिक सुनुवाई नभएको भन्दै भेलाले जनतालाई भ्रममा राख्ने काम भएको जनाएको छ ।
यस्तै भष्ट्राचार र अनियमितताको विषयमा छलफल गर्न खोज्ने उपभोक्ताहरु माथि गाली र मानव अधिकार हनन्का कार्यहरु गाविसका कर्मचारीहरुले गरेको भन्दै सम्बन्धित निकाय संग कारवाहिको माग गरिएको जनाइएको छ । 
यस्तै गाविसको कम्प्युटर चोरीको छानविन र चौरासे छुकछुके सडकको कार्य सम्पन्न भएको  वोर्ड टाँसेको र उपभोक्ताहरुलाई रकम फ्रीज भयोे भनेर झुटा कुरा गरेको भन्दै कारवाही गर्न भनेका छन् ।
यता गाविस कार्यालयको भने कुनै भनाई सार्बजनिक भएको छैन ।
 

Comment

सामाजिक संजाल