कार्यकर्ता भेटघाट कार्यक्रम

सुर्खेत, २८ माघ (जागरण) । नेपाली कांग्रेस सुर्खेतको क्षेत्र नं. १ क्षेत्रीय कार्य समितिको सुद्धिकरण तथा कार्यकर्ता भेटघाट कार्यक्रम बिहीबार सम्पन्न भएको छ । शुभाघाट गंगामाला नगरपालिकाको मेहलकुनामा कार्यक्रम सम्पन्न भएको हो । 
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद् भिष्मराज आङदाम्बेले मुलुकको जिम्मेवार पार्टी भएकाले नेता तथा कार्यकर्ताले जिम्मेवार बन्नु पर्ने बताउनु भयो । संविधान कार्यान्वयन तथा स्थानीय निकायको निर्वाचनका लागि नेता तथा कार्यकर्ता एक भएर लाग्नुपर्नेमा जोड् दिनु भयो । 
अब हुने स्थानीय निकायको निर्वाचनमा काँग्रेस गाउँ देखि जिल्ला हुदैँ भारी बहुमतका साथ केन्द्र सम्म ठूलो पार्टी बन्ने जिकिर गर्नु भयो । अवका दिनमा नेता तथा कार्यकर्ता सुस्ताउन नहुने भन्दै कांग्रेसको निति सिद्धान्त लिएर जनताको घर दैलोमा पुग्नु पर्ने सुझाव दिनु भयो । 
कार्यक्रममा केन्द्रीय सदस्य भिष्माराज आङ्दाम्बेको प्रमुख आतिथ्यता तथा नेपाली काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति खड्क पोखरेलको सभापतित्वमा सम्पन्न भएको हो । 
कार्यक्रममा काँग्रेस जिल्ला कार्य समिति सुर्खेतका सभापति कमलराज रेग्मी, सचिव टोपबहादुर रावत, कोषध्यक्ष अनन्त पौड्याल, सदस्य राम बहादुर सिहं लगाएत क्षेत्र नं. १ का नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
 

Comment

सामाजिक संजाल