जनता भन्छन्, “देशमा गतिलो नियम कानुन भएन”

सुर्खेत, २८ माघ (जागरण) । स्थानीय निकायका कर्मचारीहरुले आफ्नो माग पुरा गर्न भन्दै पालैपाला आन्दोलन गर्दै आएका छन् । स्थानिय निकाय जहाँ जनताको प्रत्यक्ष र धेरै कामहरु पर्ने गर्दछन् । 
यसरी जनताको धेरै काम पर्ने स्थानिय निकायका कर्मचारीहरुले पालै आन्दोलन गरिरहँदा जनता भने मर्कामा परेका छन् । तसर्थ स्थानिय सरकारी कर्मचारीहरु पालो पालो आन्दोलनमा जानुलाई तपाई के भन्नुहुन्छ ? भनेर हाम्रो फेसबुक पेजमा राखिएको प्रश्नमा प्राप्त प्रतिक्रियाहरु यस्ता छन् ।  
भेरीगंगा १३ साँदिखोला सुर्खेत घर भई हाल मलेसियाबाट कुल बहादुर खत्री लेख्नुहुन्छ, गतिलो नियम कानुन नभएको देशमा यस्तै हो, सबै राजा बन्न खोज्छन यस्तो कर्मचारी हुन अथवा नेता हुन सबैलाई गतिलो कानुन बनाएर कारबाही गरिनु पर्छ । जनतालाई मात्र बनाएको कानुन जस्तो भयो । नेताले बनाएको कानुन त होईना र ?
कुनाथरी ९ भट्टेघारी घर भई हाल भारत को छत्तिसगडबाट रुपेश ताम्राकार लेख्नुहुन्छ, देशमा कानुन नभएर राजनिति र भ्रष्टचार भएकाले जस्तो लाग्छ ।
 
फेसबुकमा मिलन खत्री क्षितिज सुर्खेतले लेख्नुहुन्छ, काम ठग । बि.सी राजन नेकपा एमाले लेख्नुहुन्छ, राजनीतिक स्वार्थ । मोहन खत्री लेख्नुहुन्छ, जे गर्दा नी भैगो नि कार्वाही कसले पो गर्छ र ?
बर्दियाबाट कपिल केसी लेख्नुहुन्छ, देशमा गतिलो नियम कानुन नभएर हो, नेता देखि कर्मचारी ले जेगर्दा नी हुने, सबै आफ्नो स्वार्थ पूरा गर्नतिर लाग्छन जन्तालाई कसैले सोचदैन ।
 

Comment

सामाजिक संजाल