क्षेत्रीय प्रशासक ः इमान्दार भएर काम गर्नुस, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसंग डराउनुपर्दैन

सुर्खेत, २९ माघ (जागरण) । मध्यपश्चिम क्षेत्रीय प्रशासक वेगेन्द्रराज शर्मा पौडेलले निजामति कर्मचारीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगसंग नडराउन आग्रह गर्नुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा सुर्खेतमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो । 
उहाले नेपालको कानुन सम्मत विकास निर्माण लगायतका कामहरु प्रक्रिया पु¥याएर र इमान्दार भए आयोगसंग डराउन नपर्ने बताउनुभएको छ । 
क्षेत्रीय प्रशासक पौडेलले मातहतका सवै कर्मचारीहरुलाई इमान्दार भएर असल नियमतले नागरिकलाई सहज वातावरणमा सेवा दिनसमेत निर्देशन दिनुभयो । उहाँले आफ्नो मनलाई नियन्त्रण गर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । पुँजीगत तर्फको बजेट खर्च नभएको भन्दै विकासको निर्माणका काम नियमन ढङ्गले गर्नुपर्नेमा उहाको जोड थियो । 
प्रमुख जिल्ला अधिकारी महादेव पन्थले कुनैपनि अख्तियार प्राप्त अधिकारीले अधिकारको कदापि दुरुपयोग गर्न नहुनेमा सचेत गराउनुभयो । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निमित्त प्रमुख जंगबहादुर डांगीले व्यवहार र प्रणालीले भ्रष्टाचार बढाउने कि नियन्त्रण हुने भन्ने पत्ता लाग्ने बताउनुभयो । एकल प्रयासबाट नियन्त्रण गर्न सम्भव नहुने भएकोले अब वहुप्रयासबाट मात्रै सम्भव हुने उहाँको भनाइ छ ।
कार्यक्रममा उच्च अदालत बारका अध्यक्ष विवश कुमार बस्नेत, पत्रकार महासंघका अध्यक्ष गणेशकंचन भारती, नागरिक सरोकार संघका मणिकुमार पोखरेल लगायतले भ्रष्टाचारलाई सामाजिक अपराधको रुपमा नलिएसम्म नियन्त्रण हुन नसक्ने बताउनुभयो । 
नागरिकले भ्रष्टाचार नगर्ने तर कर्मचारीलाई गर्न उक्साउने भन्दै नागरिकपनि सचेत हुनुपर्नेमा जोड दिनुभयो । 
यसैविच अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय सुर्खेतमा उजुरीको चाङ लागेको छ । प्रमाण जुटाउन धेरै समय लाग्ने भएकाले उजुरी थुप्रो लागेका हुन । 
स्थापनाकालदेखि अहिलेसम्म आयोगको क्षेत्रिय कार्यालयमा ५ हजार ७  सय १९ वटा उजुरी परेका छन् । जसमध्य ३७ वटा उजुरी फछ्र्यट भएका छन् । 
धेरैजस्तो अजुरी अनियमितता तथा भ्रष्टाचार सम्बन्धी रहेको कार्यालयले जनाएको छ । अहिलेसम्म कार्यालमा परेका उजुरीमध्य १३ वटा विशेष अदालतमा पुगेको बताइएको छ ।
अहिलेसम्मको तथ्याङ्क हेर्दा २३ जनालाई रङ्गेहात पक्राउ गरिएको छ भने १ करोड १५ लाख ५२ हजार २ सय ४६ रुपैया ४१ पैसा असुल गरिएको छ ।
तिनवटा आर्थिक बर्षहरुमा सबैभन्दा धेरै आर्थिक बर्ष ०७२÷७३ मा धेरै उजुरी परेको कार्यालयका पदमबहादुर विष्टले बताउनुभयो । 
उहाले आर्थिक बर्ष २०७२÷७३ मा २ हजार ६९ उजुरी परेको बताउनुभयो । जसमध्य १ हजार ६ सय ८३ वटा उजुरी फछ्र्यट भएका छन् । 
त्यस्तै अघिल्लो आर्थिक बर्षमा ११ जनालाई रङ्गेहात पक्राउ गरिएको उहाले बताउनुभयो ।  आयोगका अनुसार विशेष गरेर साउन र भदौ महिनामा धेरै मुद्दाहरु धेरै पर्ने गरेको छ ।
यस्तै स्थापना दिवसको अवसरमा सुर्खेतमा रहेको प्रशान्ति वृद्धाश्रम का वृद्धवृद्धाहरुलाई चस्मा र फलफुल वितरण गरिएको छ । 
 

Comment

सामाजिक संजाल