प्रदेश नम्बर ६ स्तरिय सामाजिक परिचालकहरुको भेला

सुर्खेत, २९ माघ (जागरण) । प्रदेश नम्बर ६ स्तरिय सामाजिक परिचालकहरुको भेला शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । भेला सामाजिक परिचालक हकहित संरक्षण केन्द्र सुर्खेतका विन्द बहादुर अधिकारीको अध्यक्षता भएको हो । 
कार्यक्रममा बोल्दै जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत टंक प्रसाद लामिछानेले सामाजिक परिचालकहरुको हकहितका लागि सम्बन्धीत निकायले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा बोल्दै गाविस सचिव हकहित संरक्षण समितिका जिल्ला सचिव श्यामलाल खरालले सामाजिक परिचालक विना स्थानिय निकायको काम प्रभावकारी नहुने भन्दै सामाजिक परिचालकका माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
भेलामा सामाजिक परिचालक हकहित संरक्षण केन्द्रका केन्द्रिय सदस्य पूर्णबहादुर शाही, समाज जागरण केन्द्र (स्याक) नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्य लगायतको सहभागिता रहेको थियो । 
भेलाले टेकबहादुर कसेराको अध्यक्षतामा ११ सदस्यीय संरक्षण केन्द्र समेत गठन गरेको छ । 
 

Comment

सामाजिक संजाल