मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा प्रतिक्षालय निर्माण

सुर्खेत, १ फागुन (जागरण) । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा प्रतिक्षालय निर्माण गरिएको छ । अस्पतालको पूरानो भवन रहेको हाताभित्र प्रतिक्षालय निर्माण गरिएको हो । 
प्रतिक्षालय निर्माण भएपछि विरामी कुरुवाहरुलाई वस्न सजिलो हुने अस्पताल विकास समितिका अध्यक्ष खम्बराज थानीले बताउनुभयो । 
उहाँले भौतिक संरचनाको अभावमा थलिएको मध्यपश्चिम क्षेत्रीय अस्पताललाई विभिन्न ठाउँबाट स्रोत जुटाई सुविधायुक्त बनाउन तर्फ आफ्नो ध्यान रहेको बताउनुभयो । 
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.डम्मर खड्काले सिमित स्रोत साधनका बावजुत अस्पतालले गुणस्तरीय सेवा दिइरहेको र आगमी दिनमा सरकार र विभिन्न दाताहरुको समेत सहयोगमा अस्पताललाई सुविधा सम्पन्न बनाइने बतउनुभयो । 
निर्माण समितिले आज योजनाको सार्वजनिक परीक्षणगरी आम्दानी खर्च सार्वजनिक पनि गरेको छ । सुर्खेतका समानुपातिक सांसद् लालबहादुर घलेको सासंद् विकास कोष मार्फत जिल्ला विकास समितिको ४ लाख ९२ हजार ५ सय अनुदान र ४६ हजार १ सय ३८ रुपैँया श्रमदानगरी पाँच लाख ४६ हजार १ सय ३८ रुपैँया लागतमा प्रतिक्षालय निर्माण गरिएको निर्माण समितिका अध्यक्ष एवं अस्पताल विकास समितिका सदस्य पूर्ण पौडेलले जानकारी दिनुभयो । 
समितिले काम सुरु गरेको दुई महिनामा प्रतिाक्षालय निर्माण सम्पन्न गरेको छ भने स्टमेटभन्दा बढी काम गरेको छ । सोही रकमबाट प्रतिक्षलयका साथै वगैँचा र तालिम हलमा जाने बाटो पिच गरिएको छ भने बाटोमा गेट पनि निर्माण गरिएको छ ।
 

Comment

सामाजिक संजाल