विना साधनको आगो बलेपछि गाउँमा आतंक

सुर्खेत, १ फागुन (जागरण) । आगो बाल्नका लागि सलाई लाइटरजस्ता सामाग्री चाहिने गर्दछन् । विभिन्न कारणबाट आगो लागि हुने कुरा सामान्य हो । तर सुन्दै अच्चम लाग्ने र समस्याको रुपमा सुर्खेतको कुनाथरी ९ भट्टेघारीमा कुनै साधन विना नै आगलागि हुने गरेको छ । 
केहिदिन अगाडिदेखि आपसे आप यसरी आगलागि हुदा अहिलेसम्म १२ वटा घरहरु जलेका छन् । जसलाई त्यहाका स्थानियले दैविक शक्ती उत्पन्न भएको भनेर व्यख्या गरेका छन् । तर अगलागिका कारण धनजनको क्षती भइसकेको छ । 
आज मात्र एकजना महिलाको शरिरमा पनि अकस्मात आगो सल्किएपछि त्यहाका स्थानियले यो कुनै प्रलय हुन लागेको भनेका छन् । 
आफुहरुले प्रत्यक्ष त्यस्तो घटना देखिपछि अच्चमित परेको भन्दै कुनाथरी गाउँ विकास समितिका सचिव आनन्द चपाई । “आफै आगो बलेको देख्दा हामी पनि अच्चमित भएका छौ, माघ ९ गतेदेखि यस्तो भएको हो । ‘आज भ्रखर पनि एकजना महिलाको शरिरमा आगलागि सल्किएको हामीले सुनेका छौ’ “यसमा सबैको ध्यान जान त्यतीकै आवश्यक छ किनकी यसको वास्तविकता थाहा पाउन जरुरी छ । 
 

Comment

सामाजिक संजाल