२७ करोडको लगानीमा सुर्खेतमा शुभ होटल सञ्चालनमा आउँदै

सुर्खेत,६ फागुन (जागरण) । प्रदेशनम्वर ६ को राजधानीको रुपमा चर्चा आएसँगै सुर्खेतमा स्तरिय होटलमा लगानी बढ्न थालेको छ । प्रादेशिक राजधानीका रुपमा सुर्खेत स्थापित हुँदा बाहिरबाट आउने पर्यटकलाई सेवा गर्न र ठूलाठूला सभा सेमिनारहरु गर्नका लागि भन्दै होटलमा लगानी बढ्न थालेको हो ।
सुर्खेतको वीरेन्द्रनगर निर्माण भएको अहिलेसम्मकै ठूलो क्षमताको शुभ होटल फागुनको अन्तिम हप्तादेखि सञ्चालनमा आउने भएको छ । 
२७ करोड रुपैयाँ लगानी गरेर होटल संचालन गर्न लागिएको हो । यो लगानी जिल्लाभर सवैभन्दा धेरै भएको दावी गरिएको छ । 
अहिले होटलको रेष्टुरेण्टमात्र सञ्चालनमा आएको र फागुनको अन्तिम हप्तादेखि होटल नै पूर्ण रुपमा सञ्चालमा आउने होटल सञ्चालक पदम बहादुर शाहीले बताउनुभयो । 
पर्यटकीय सम्भावाना भएर पनि लगानीको सुरक्षीत अनुभुति नगरेका सुर्खेतका व्यबसायीहरु विस्तारै होटलको लगानीतर्फ आकषिर्त भएका छन् । 
सुर्खेत भएर भेरी तथा कर्णालीका पर्यटकीय क्षेत्रतर्फ पर्यटकको आगमन बढ्नुका साथै सुर्खेतमै ठूला ठूला कार्यक्रमहरु संचालन हुन थालेपछि होटल लगानीतर्फ आकषिर्त भएको होटलका संचालक एवम् उद्योग बाणिज्य संघका मध्यपश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष पदम शाहीको भनाई छ ।
स्थलमार्ग हुँदै कर्णाली जाने यात्रुहरु संख्या दिनदिन बढ्नु र सुर्खेतदेखि काठमाडौं सिधा हवाई सेवा सञ्चालन हुनुले होटल सञ्चालन गर्न उत्साहित भएको सञ्चालक शाहीले बताउनुभएको छ ।
६ नम्बर प्रदेशको सम्भावित राजधानी, कर्णाली अञ्चलको प्रवेशमार्ग तथा मध्यपश्चिमका अधिकांश क्षेत्रीय कार्यालयहरु सुर्खेतमा भएका कारण पनि होटल व्यबसायतर्फ आकषिर्त भएको उहाँको भनाइ छ ।
क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष शाहीसहित सुर्खेत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकाश उप्रेति र उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य टेकबहादुर भण्डारीको संयुक्त लगानीमा शुभ होटल सञ्चालनको अन्तिम तयारीमा छ ।
मध्यपश्चिमका पर्यटकीय स्थल रारा ताल, फोकसुण्डोताल, हुम्ला हुँदै मानसरोबर लगायतका पर्यटकीय स्थलमा आवत जावतको समेत ब्यबस्थापन गर्ने योजना रहेको सञ्चलाक शाहीले बताउनुभयो । 
होटलको भवन पूर्णरुपमा भूकम्प प्रतिरोधी र अपांगमैत्री छ । विशेष गरी आन्तिरक तथा बाह्य दुवै खालका पर्यटकहरुलाई लक्षित गरेर होटलका रुपमा मूल्य तय गरिने उहाँले बताउनु भएको छ ।
 

Comment

सामाजिक संजाल