ताजा समाचार
आहा–रारा गोल्डकप माघमा || सिम्ताका किशोरकिशोरी कुरितीविरुद्धको अभियानमा || काँग्रेस उम्मेद्वारहरुले कहाँ के भने ? || ‘ट्राफिकलाई साथ दिऔँ, सुन्दर नगर बनाऔँ’ || एमाले–माओवादीका भातृ संगठन एकता प्रक्रियामा || सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा आर्मी र सशस्त्र भिड्ने || उन्नाइस वर्षमूनीको एसियाकप क्रिकेटमा नेपालको यात्रा सेमीफाईनल मै सकियो || भ्रष्टाचार न्यूनिकरण गर्न सालघारीमा || ‘सहकारीका जोखिम व्यवस्थापन गर्न यसो गरौँ’ || ठूला दलको निर्वाचन अभियान तिव्र, आरोपप्रत्यारोप यस्ता छन् || शिक्षा नीतिका लागि गुराँसमा समिति तयार || सुर्खेत घोषणापत्र जारी || वामको साधारणसभा || पञ्चपुरीमा नयाँ शक्तिको निर्वाचन विशेष क्रियाकलाप || छ नम्वरमा ‘महादान’ || दलहरु प्रचारमा व्यस्त, नागरिकलाई भोट हाल्ने तरिकै थाह छैन || टिकट वितरण गर्दा देउवाले आर्थिक चलखेल गरेको भन्दै असन्तुष्टि || मधुमेहबाट बच्न खानपान र व्यायाममा ध्यान दिनुस्ः चिकित्सक || उन्नाइस वर्षमूनीको एसियाकप क्रिकेटमा सेमिफाइनल समीकरण पूरा || नेपाल र फिलिपिन्स बराबरी || वाम गठवन्धनले जिते प्रत्येक स्थानिय तहमा सुविधायुक्त अस्पताल || खेलकूद विकासका लागि लाग्ने सरोकारवालाको प्रतिवद्धता || सुर्खेत २ (क) मा वामपन्थी र काँग्रेसका अभियान तिव्र || माथिल्लो कर्णालीका लागि लगानी जुटाउने समयावधि थप || महिला तथा बालबालिकाविरुद्धका अपराध उजागर गर्न स्वयम् लाग्नुपर्ने || क्षेत्रीय अस्पताल समितिको कार्यकालः तीन वर्षमा ३१ कार्य || वैठकभत्ता र सञ्चार खर्च गरिव र असहाय विरामीलाई || प्रदेशको राजधानी वीरेन्द्रनगर नैः कँडेल || तिहारको अन्तिम दिनः आज भाइटिका (यसरी लगाउनु उत्तम) || होटेल व्यावसायमा आकर्षण बढ्दै, १२ लाख लगानिमा धुलियाबिटमा रेष्टुरेण्ट संचालन || आजदेखी तिहार सुरु, कागको पुजा गरिदैँ || गुर्भाकोटका हजार दिनका आमालाई अण्डाको महत्व बारे सिकाईयो || खाद्य संकट कम गर्न कृषकहरुलाई प्रेरणा दिनु पर्ने जोड || धितोपत्र लगानीबारे बढ्दो चासो || सेतो छडि दिवसः ‘दृष्टिविहिनका पींडा कसैले बुझ्दैनन्’ || हङकङविरुद्धको दोस्रो खेलमा नेपालले भोली खेल्दै || राष्ट्रसेवकले अव उत्पादनमूलक कार्यमा लगानी गर्ने || धितोपत्र लगानीबारे अभिमुखिकरण || आचार संहिता पालना गर्छौँः नेताहरु || हङकङ्ले जित्यो नेपाललाई ||
भारतबाट हस्तक्षेप नहोस्

कृष्ण कँडेल, 
‘नेपालमा जन्मेका गौतमबुद्धले मनको अँध्यारो हटाए, नेपालसँग यति ठूलो जलसम्पदा छ, जसले पूरै भारतको अँध्यारो हटाउन सक्छ' नरेन्द्र मोदी
गणतन्त्र भारतको कार्यकारी पदको सिंहासनमा विराजमान भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घोष गरेका थिए, ‘भारत दक्षिण एसियाका सबै छिमेकीसँग सुमधुर सम्बन्ध कायम गर्दै विश्वसामु असल छिमेकीको उदाहरणीय दृष्टान्त दिन अग्रपंतिमा रहनेछ ।' शासन सम्हालेलगत्तै पहिले भुटान र त्यसपछि दोस्रो बरियता क्रममा नेपाल आएका थिए ।
नेपालको तत्कालीन व्यवस्थापिका-संसद्लाई सम्बोधन गर्ने क्रममा उनले नेपालमा जन्मेका बुद्धको ज्ञानको ज्योतिले मानव जातिको मनको अँध्यारोलाई उजिल्याएको प्रसंग उल्लेख गर्दै नेपाली नेताहरूलाई ऋषिमन लिएर अघि बढ्न सल्लाह दिएका थिए । मोदीले नेपालमा भएको जलसम्पदाको भण्डारले नेपाल मात्र होइन, पूरै भारतको अँध्यारो हटाउन सक्छ भन्दै जलविद्युत् परियोजनामा भारत लगानी गर्न तयार छ भनेका थिए । मोदीले त्यसो भनिरहँदा मोदीलाई नेपालको सिंगो संसद् र नेपाली जनताले भरोसा भएको नेताको रूपमा चित्रित गरेका थिए ।
आफ्ना समकालीन र आफूभन्दा अग्रज नेताहरूलाई पछि पार्दै विशाल भारतको कार्यकारी पदमा विराजमान हुन पुगेका मोदीको गद्दी आरोहणसँगसँगै खासगरी दक्षिण एसियाली देशहरूमा नयाँ आशाको सञ्चार पलाएको थियो । नेपाल र नेपालीले उनको बोलीअनुसारको व्यवहार पनि होला भनेर ठूलो आशा र भरोसा लिएर बसेका थिए । अझ नेपाल भ्रमणका बेला उनले नेपालमा जेजस्ता तिलस्मी भाषण गरे, आफूलाई कट्टर कम्युनिस्ट क्रान्तिकारी भन्नेहरूले समेत संसद्मा मच्चिइमच्चिई ताली बजाएका थिए ।
एक्काईसौं शताब्दीको सम्बन्ध भनेको विकासको सम्बन्ध हो, समृद्धिको सम्बन्ध हो । अझ छिमेकी मुलुकहरूले त एकअर्काको स्वअस्तित्व स्विकारेर अघि बढ्ने सम्बन्ध कायम गर्नैपर्छ । भारतीय शासक वर्गले नेपाल र भारतीय जनताबीचको सदियौंदेखिको ‘रोटी बेटी' को सम्बन्धलाई आफ्नो दलगत स्वार्थसँग जोडेर भद्दा राजनीति गर्दै आएका छन् । त्यसको पछिल्लो कडी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कथनी र करनीमा देखिएको आवरणबाटै प्रस्टिएको छ ।
गत फेब्रुअरी २७ मा भारतको गोरखपुरको एउटा चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस नेता राहुल गान्धीले भनेका थिए, ‘मोदीको डीएनएमा नै ईष्र्या र रिस छ ।' कृपया मोदीजी राहुलको त्यो भनाइलाई मिथ्या सावित गर्न पनि गान्धी मन लिएर अघि बढ्नुहोस्, बुद्ध चित्त लिएर अघि बढ्नुहोस् । छिमेकीसँग राम्रो सम्बन्ध कायम गर्नुहोस् । दुनियाँको ठूलो प्रजातान्त्रिक मुलुकलाई त्यही सुहाउँछ, ठुल्दाइ प्रवृत्ति सुहाउँदैन । स्मरण रहोस्, छिमेकीसँगको कपटपूर्ण सम्बन्धले भारतको छवि दिनप्रतिदिन धुमिल बन्दै गएको छ । दक्षिण एसियामा भुटानबाहेक भारतको सम्बन्ध कसैसँग पनि राम्रो छैन ।
नेपालको संविधान जारी हुने बेलामा भारतले खेलेको भूमिका, त्यसपछिको नाकाबन्दी, मधेसी मोर्चाले सिमानामा बसेर गरेको अवरोध र त्यसलाई भारतले गरेको प्रत्यक्ष तथा परोक्ष तवरले पुर्‍याएको सहयोगबाट के स्पष्ट हुन्छ भने भारतीय सत्ता नेपालका हरेक आन्तरिक घटनाक्रम मा ‘माइक्रो म्यानेजमेन्ट' गर्न उद्यत् रहन्छ । ९० प्रतिशतभन्दा बढी जनप्रतिनिधिहरूको बहुमतले पारित संविधानप्रति नेपालभित्रै असन्तोषका स्वर गुन्जिनु स्वाभाविक होला तर मित्रराष्ट्र भारतले त्यसमा दखल अन्दाज गर्नु भारतले आफ्नो ठुल्दाइ प्रवृत्तिलाई पुनरावृत्ति गर्नु हो भन्दा अतिशयोक्तिपूर्ण नहोला ।
भारतीय जनता पार्टीका नेता अटल बिहारी बाजपेयीले धेरै पहिले अघि सारेको भारत, पाकिस्तान र नेपाल सम्मिलित बौद्ध पर्यटन सर्किटको अवधारणालाई खुम्च्याउँदै नेपालको लुम्बिनी र भारतको बोधगयामा बौद्ध पर्यटन रुट चलाउन सकिने प्रस्ताव पुनः अघि सारेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुवै देशको समृद्धिको ढोकामा आग्लो लगाउँदै नेपाली जनतालाई नाकाबन्दीको ठूलो उपहार दिए ।
मोदी र भारतीय सत्ताले गत वर्षको नाकाबन्दीलाई नेपाल सिर्जित भने पनि स्वयं भारतीय सञ्चारमाध्यमले नाकाबन्दीविरोधी नेपालमा उठेका आवाजलाई उच्च प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गरे । नाकाबन्दी मानवताविरुद्धको अपराध हो भन्दै मानव अधिकार तथा शान्ति समाजले भारतीय दूतावासअगाडि गरेको प्रदर्शनलाई संसारभरका सञ्चारमाध्यमले प्राथमिकता दिए ।
भारतका प्रायः सबै चर्चित अखबारले शान्ति समाजसँग आबद्ध मानवअधिकारकर्मीहरूको गिरफ्तारीको समाचारलाई अग्रभागमा स्थान दिएका थिए । नेपाल र नेपाली जनताप्रति गरिएको दुव्र्यवहारका कारण मोदी भारत र विश्वसामु नै लज्जित हुनुपर्‍यो । एउटा सामान्य गरिब किसानको परिवारमा जन्मेर शासनको शिखरमा पुगेका व्यक्तिद्वारा जनसंख्या र भौगोलिक दुवै हिसाबले सानो छिमेकी मुलुकप्रति जुन दुव्र्यवहार गरियो, त्यसको इतिहासले मूल्यांकन गर्ला नै, तर मोदी डक्ट्रिन असफल त भयो नि !
भारतले विगतको गल्तीबाट पाठ सिक्ने हो भने नेपालसँग विगतमा गरिएका जेजति सम्झौता छन्, त्यो सबै कार्यान्वयन गर्नेतर्फ तत्काल अग्रसर हुनुपर्छ । यसका साथै असमान सन्धिहरूबारे पुनरावलोकन हुनैपर्छ । सुस्ता र कालापानीलगायतका विवादास्पद क्षेत्रको विवाद वार्ताद्वारा सुल्झाउन भारत उदारतापूर्वक प्रस्तुत हुनुपर्छ । नेपाल-भारत सीमालाई अद्यावधि बनाउनुपर्छ । विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारत जो आफूलाई वर्तमान विश्व राजनीतिमा अघि बढाइरहेको छ ।
आर्थिक, सामाजिक, वैज्ञानिक आदि सबै प्रकारका तरक्कीले भारत उदाउँदो शक्ति राष्ट्रको रूपमा उभिएको छ । तर भारतीय सत्ता र अझ भने प्रधानमन्त्री मोदी जुन सपना बोकेर मैदानमा होमिएका छन्, ती सपना पूरा गर्न सर्वप्रथम छिमेकी मुलुकहरूप्रतिको व्यवहारमा परिवर्तन ल्याउनैपर्छ । मुखमा राम, राम बगलीमा छुरा राख्ने प्रवृत्तिले उनको उद्देश्य पूरा हुन सक्दैन । अरूलाई उपदेश दिन सजिलो हुन्छ, आफू उदाहरणीय बन्न सके मात्र नेता राजनेता हुन सक्छन् अन्यथा नायक खलनायकमा परिणत भएका दृष्टान्त दुनियाँमा धेरै छन् ।
नेपालको दक्षिणी भागमा बस्ने नेपाली र भारतीय जनताबीच सदियौंदेखि रोटीबेटीको सम्बन्ध कायम छ । नेपाली भाषा र हिन्दी भाषाको लिपि नै एउटै छ— देवनागरी लिपि । धार्मिक र सांस्कृतिक कुराहरू एक छन् हाम्रा । जनताबीचको सम्बन्ध सेतु भत्काउने काम बेलाबेलामा शासनमा बस्नेहरूबाट हुँदै आएको छ ।
नेपाल एक स्वतन्त्र र सार्वभौम राष्ट्र हो भन्ने साउथ ब्लक र त्यसको नेतृत्वकर्ताले राम्रोसँग बुझ्न जरुरी छ । त्यसो भएको खण्डमा मात्र नेपाल र भारतको सम्बन्धमा आँच आउँदैन । नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्न किमार्थ मिल्दैन । संविधान कस्तो बनाउने ? कसलाई राष्ट्रपति बनाउने ? कसलाई प्रधानमन्त्री बनाउनेलगायतका विषयमा भारतले चासो राख्ने होइन । अनावश्यक चासो राख्दा दुई देशबीचको मित्रतामा खलल पुगिरहन्छ ।
विगतका गल्तीबाट पाठ सिक्दै नेपाल र भारतका नेताहरूले अब उप्रान्त दुवै देशको श्रीवृद्धि हुने काममा हातेमालो गरेर अघि बढ्नु वाञ्छनीय देखिन्छ । हालैका दिनहरूमा भारतले नेपालको अरुण तेस्रो जलविद्युत् परियोजनालगायतका आयोजनामा सकारात्मक चासो देखाएको छ, यो शुभसंकेत हो । 

From Annapurna

Comment Box

काठमाण्डौँ, २ मंसिर (जागरण) । आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको १६...

सुर्खेत, २ मंसिर (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाका किशोरकिशोरीहरुले सामाजिक...

सुर्खेत, २ मंसिर (जागरण) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा...

सुर्खेत, २ मंसिर (जागरण) । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले...

सुर्खेत, २ मंसिर (जागरण) । नेकपा एमाले र नेकपा माओवादीबीच...

काठमाण्डौँ, १ मंसिर (जागरण) । उन्नाइस वर्षमूनीको एसिया कप क्रिकेट...

सुर्खेत, १ मंसिर (जागरण) । भ्रष्टाचार न्यूनिकरण सम्बन्धी एक दिने...

सुर्खेत, १ मंसिर (जागरण) । सुर्खेतका सहकारी अभियान्ताहरुले सहकारी संस्थाभित्रका...

सुर्खेत, ३० कात्तिक (जागरण) । नेकपा एमाले र नेकपा माओवादी...

दैलेख, ३० कात्तिक (जागरण) । दैलेखको गुराँस गाउँपालिकाले शिक्षा क्षेत्रलाई...

सुर्खेत, ३० कात्तिक (जागरण) । अपाङ्गता भएका व्यक्तीहरुको मानव अधिकार...

सुर्खेत, ३० कात्तिक (जागरण) । सिमान्तकृत महिलाहरुको महिला सस्था (वाम)...

सुर्खेत, २९ कात्तिक (जागरण) । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा...

दीपेन्द्र ओली, सुर्खेत, २८ कात्तिक (जागरण) । मंसिर २१ गते हुने...

बाँके, २८ कात्तिक (जागरण) । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री...

सुर्खेत, २८ कात्तिक (जागरण) । मधुमेहबाट बच्नका लागि खानपानमा विशेष...

काठमाण्डौँ, २८ कात्तिक (जागरण) । एसिया कप फुटबल प्रतियोगिताको छनौटमा...

सुर्खेत, २७ कात्तिक (जागरण) । वाम गठबन्धनका उम्मेद्वारले जितेमा सुर्खेत...

सुर्खेत, २७ कात्तिक (जागरण) । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत वामपन्थी...

सुर्खेत, २५ कात्तिक (जागरण) । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल व्यवस्थापन समितिले...

सुर्खेत, २५ कात्तिक (जागरण) । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल व्यवस्थापन समितिका...

सुर्खेत, २४ कात्तिक (जागरण) । सुर्खेत निर्वाचन क्षेत्रनम्वर दुई अन्तर्गत...

सुर्खेत, ४ कात्तिक (जागरण) । यमपञ्चक अन्तरगत तिहारको पाँचौँ दिन...

सुर्खेत, ३१ असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय सुर्खेतमा...

सुर्खेत, ३१ असोज (जागरण) । आजबाट यमपञ्चक सुरु भएको छ...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकामा हजार दिनका...

सुर्खेत, ३० असोज (जागरण) । खाद्य संकट कम गर्न खाद्ययान्न...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय धितोपत्रका विषयमा...

सुर्खेत, २९ असोज (जागरण) । अझै पनि समुदायका अन्य नागरिकहरुले...

काठमाण्डौँ, २८ असोज (जागरण) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत्...

सुर्खेत, २८ असोज (जागरण) । राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड...

सुर्खेत, २८ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक धितोपत्र...

काठमाण्डौँ, २७ असोज (जागरण) । राजनीतिक दलका शीर्ष नेताहरुले निर्वाचन...

काठमाण्डौँ, २७ असोज (जागरण) । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् हङकङविरुद्धको...