ताजा समाचार
सिम्ता गाउँपालिकाका प्रतिनिधिले सम्हाले पदभार || सुर्खेत आँखा अस्पतालको सेवा औपचारिक रुपमै सञ्चालन || पत्रकार महासंघको महाधिवेशन असार २२ देखि || निर्वाचन सकेर फर्कँदै गरेको प्रहरीको गाडि दुर्घटना, एकको मृत्यु || नेपाल–मलेसिया मैत्रीपूर्ण महिला फुटबल बराबरी || रानीबासमा ढुक्क || वीरेन्द्रनगरका जनप्रतिनिधिहरुले गरे सपथ ग्रहण || रानीघाटमा ११ दिनसम्म विशाल महायज्ञ हुँदै || घाइते विसी र सहकारी खतरामुक्त || जीपको ठक्करबाट एमाले नेताहरु गम्भीर घाइते || सुर्खेतमा चार पूर्वपत्रकार स्थानिय तहका जिम्मेवार || वीरेन्द्रनगरको मेयरमा देवकुमार, उपमेयरमा मोहनमाया || नवजात शिशु स्वास्थ्यका क्षेत्रमा डेड वर्षभित्र कहाँ के गरिदैछ ? || टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन पाइदैन || भेरीगंगामा भुपेन्द्रको जीत || चौकुनेमा धीरबहादुर विजयी || सुर्खेतको पञ्चपुरीमा थापा || हस्तको हातमा गुर्भाकोट || सिम्तामा एमालेका कविन्द्रको जीत || लेकवेसीमा एमालेका गगनसिं सुनारको टीम विजयी, सुर्खेतमा ३ वटाको टुङ्गो || बराहताल काँग्रेसको पोल्टामा || चिङ्गाडमा काँग्रेसका चन्द विजयी || प्रदेशनम्वर ६ः मिश्रीत नतिजा अनि मतदाताका अपेक्षा || सुर्खेतमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा || मतगणनाः धेरैमा एमाले विजयी || आचार संहिता मिचेरै प्रचार प्रशार गर्नुलाई तपाँई के भन्नु ? || बालबालिका प्रयोग गर्दैनौँः दलहरु || आजदेखि मतदाता परिचयपत्र बाँडिदै || र्यालीमा मान्छे देखाउने दलहरुको होडवाजी || दाहालको सभा व्यापक || मन्त्री थानीद्वारा आचारसंहिता उल्लघंन (भिडियोसहित) || कस्तो होला रुचीको मुटु रोग || मेयरका उम्मेद्वारलाई युवाका प्रश्नः तपाइलाई किन भोट दिने ? || एमाले सुर्खेतको ११ वुँदे प्रतिवद्धता, के के छन् ? || अमरज्योतिमा जयन्तीको अर्को सहयोग || महाअभियोग फिर्ता लिन कानून व्यवसायी र अधिकारकर्मीको माग || काँग्रेसले खटायो केन्द्रिय प्रतिनिधि, को कहाँ ? || निजी विद्यालयमा सरकारी अनुगमन || वैशाख २५ देखि विद्यालय बन्द हुने || तिम्रो यादमा म्युजिक भिडियो ||
नेपाल र चीनका साझा शत्रु

युवराज गौतम, 
‘महेशचन्द्र रेग्मीलाई अमेरिकी गुप्तचर संस्थाको प्रतिनिधि भन्ने आरोप लाग्यो । त्यसपछि सरकारी जागिर चट् भयो', ऋषिकेश शाहले पंक्तिकारसँग भनेका थिए । लियो ई. रोजको नेपाल स्ट्राटेजी फर सर्भाइभल पुस्तकको भूमिकामा जोन ओएप्टनले यस्तै प्रसंग उठाएका छन् । ऋषिकेश शाहमाथि पनि दरबारको निगरानी रहेछ । नेपालको आन्तरिक नीति र छिमेकीका पक्ष-विपक्षमा कसले कहाँ के गर्दैछ भन्ने बुझ्न दरबारको छुट्टै गुप्तचर निकाय ‘रोयल इन्टेलिजेन्स ब्युरो' बनाइएको रहेछ । त्यसमा काम गरेका केही व्यक्ति अझै छन् । केही एमाले र कांग्रेसमा सक्रिय छन् । केही पश्चिमा र भारतको प्रिय बनेका छन् ।
१३ फेब्रुअरी २००८ मा चीनका प्राध्यापक वाङ होङ उईको अन्तरवार्ता आयो, ‘नेपालको अस्तित्व खतरामा पर्‍यो भने सहायताको लागि चीनको सेना आउनेछ ।' उनले रक्सी खाएर फ्यास्स बोलेका होइनन् । किनभने रुमालले स्याउ पुछे झैं चिनियाँ बुद्धिजीवीका हरेक शब्द परिमार्जित र अर्थपूर्ण हुन्छन् । नेपालमा उसका चार खालका शत्रु छन् भनेर चीनले बुझेको छ । त्यसैले चीनविरोधी गतिविधिमा संलग्न व्यक्ति, संस्था, सञ्चारमाध्यम, राजनीतिक दल र अनेकौं भेषमा काम गरिहेकाहरूका बारेमा सूक्ष्मतम् सूचना संकलन गर्दै उनीहरूलाई मौकामा ‘भ्यासेक्टोमी' गर्ने वा अझै कठोर बाटो अपनाउन पनि चीन तयार रहेको बुझिन्छ ।
२०१५ साल सम्पन्न प्रथम आमनिर्वाचनमा नेपालस्थित अमेरिकी कूटनीतिज्ञ डगलस हेकमार्फत नेपाली कांग्रेसले दुई लाख अमेरिकी डलर सहायता प्राप्त गरेको जानकारहरू बताउँछन् । सो दलले विदेशी सहायता लिएको त्यो पहिलो घटना थियो । राजा महेन्द्रले तुरुन्तै त्यो कुरा चाल पाए । भनिन्छ- कान्तिपथस्थित सेन्ट्रल होटलका सञ्चालक (रसियन नागरिक) बोरिसले अमेरिकाले नेपाली कांग्रेसलाई प्रशस्त रकम सहयोग गर्दैछ भन्ने सूचना पाएपछि दरबारलाई तत्काल जानकारी गराएका थिए । दूतावासमार्फत गुप्त रूपमा बुझ्दा त्यो पुष्टि भयो ।
सन् १९६० को दसकमै मुस्ताङमा खम्पा विद्रोहको तयारी सुरु भइसकेको थियो । आधुनिक हतियार बोकेका डरलाग्दा तिब्बती छापामारबाट स्थानीय जनता सन्त्रस्त थिए । ‘अज्ञात' विमानबाट हतियार, खाद्यान्न, कपडा आदि खसाइँदैछ भन्ने सूचना पाएपछि सरकारले सेना पठाएको थियो । तिब्बतको दक्षिणपूर्वी क्षेत्र ‘खाम' भूखण्डका आदिवासी ‘खाम्पा' जातिलाई हतियार, तालिम, पैसा आदि दिएर अमेरिकाले सीआईएमार्फत चीनविरुद्ध उकासेको कुरा कैयन् पुस्तकमा पाइन्छ । श्रीलंकाका तत्कालीन राष्ट्रपति रिचर्ड जयवद्र्धनेका कूटनीतिक सल्लाहकार प्राध्यापक रोहण गुणरत्नेले ‘इन्डियन इन्टरभेन्सन इन श्रीलंका' ग्रन्थमा भारतका विभिन्न स्थानमा सीआईएले खम्पाहरूलाई तालिम दिएको खुलासा गरेका छन् । खम्पा विद्रोहका बारेमा कैयन् दस्ताबेज पाइन्छन् ।
राजा वीरेन्द्रले नेपाल र चीनका साझा शत्रुविरुद्ध लड्नैपर्ने रणनीति बनाएपछि खम्पा नेताहरू गे हिसी र गे वाङ्दीमा विभाजन आयो । सीआईएले नेपाली सेनाका केही अधिकृतलाई समेत प्रलोभनमा पारिसकेको अवस्थामा नेपाल प्रहरी, नेपाल गुप्तचर विभाग तथा नेपाली सेनाभित्र पनि सबैलाई विश्वास गर्न अवस्था थिएन ।
पछिल्ला दिनहरूमा केपी ओलीको प्रधानमन्त्रीत्वकालमा नेपालले चीनसँग गरेका सम्झौता कार्यान्वयन हुनासाथ दुई देशको व्यापार, आर्थिक कूटनीति र जनस्तरको सम्बन्ध सुदृढ हुन्छ भन्ने बुझेका भारत, युरोपियन युनियन र अमेरिकाले भविष्यमा नेपालमा चीनको बलियो उपस्थिति हुन नदिन अनेक खेल खेलिरहेको देखिन्छ । पश्चिमाहरूको पैसामा चलिरहेका धेरैजसो गैरसरकारी संस्थाका हर्ताकर्ता एमाले, माओवादी, कांग्रेस र तराईकेन्द्रित दलको कार्यकर्ताको भेषमा कार्यरत छन् । साम्राज्यवादी र विस्तारवादीको दानापानी खाएर राष्ट्रवादको पक्षमा बोल्ने धनाढ्य वर्ग एमालेमा टाढैबाट स्पष्ट चिन्न सकिन्छ ।
यस्तै माओवादीभित्र युरोपियन युनियन र इन्डो-अमेरिकन स्वार्थमा काम गर्नेहरूको बाहुल्य देखिन्छ । राजदरबारमा धेरै वर्ष सेवा गरेका एकजना पुराना अधिकारीको कथन घतलाग्दो छ, ‘भारतको हस्तक्षेपबाट नेपाललाई मुक्त गराउन र चीनसँग सम्वन्ध बढाएर कूटनीतिलाई सन्तुलित गराउन चाहने राजा वीरेन्द्रको रहस्यमय ढंगले हत्या भयो । चीनलाई सार्कमा सरिक गराउनुपर्छ भन्ने अभिव्यक्ति दिएपछि राजा ज्ञानेन्द्रलाई गद्दीच्युत गरियो । चीनसँग निकट हुन खोज्दा मदन भण्डारीको शंकास्पद मृत्यु भयो । भारतको एकाधिकार तोड्न खोज्दा प्रधानमन्त्री केपी ओली पदच्युत भए । त्यसैले नेपाल कसरी चीनविरोधी अखडा बन्दैछ भनेर गहिरो विश्लेषण गर्नुपर्ने खाँचो छ । यहाँ चीन र नेपालका साझा शत्रु धेरै छन् ।'
राजा महेन्द्र र चीनका सर्वोच्च नेता माओबीच घनिष्ट सम्बन्ध थियो । डा. तुलसी गिरी, पीबी मल्ल, डा. केशरजंग रायमाझी र अच्युतराज रेग्मीले सन् १९५९ मा पेकिङ (हाल बेइजिङ) स्थित माओ निवासमा भेट गर्दा नेपालको राजतन्त्रलाई हेर्ने दृष्टिकोणबारे माओले केही कुरा स्पष्ट गरेको डा. रायमाझीले उल्लेख गरेका छन् । राजसंस्था साम्राज्यवाद र विस्तारवादविरोधी शक्ति भएकाले त्यसलाई आफूले राष्ट्रवादी शक्ति मान्ने गरेको माओको तर्क थियो ।
२०२३ सालमा तत्कालीन युवराज वीरेन्द्र चीनको तीन साता लामो औपचारिक भ्रमणमा जाँदा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मार्सल चेन यीले ग्रेट हल अफ द पिपुलमा उनको भव्य स्वागत गरेका थिए । नेपाल चीनको अत्यन्त घनिष्ट, विश्वासिलो र अन्तरंग मित्र हो भन्ने सन्देश दियो चीनले । २०३० सालमा राष्ट्रपति तुङ पी ऊ र प्रधानमन्त्री चाओ एन लाईको मैत्रीपूर्ण निमन्त्रणामा राजा वीरेन्द्रले चीन भ्रमण गरेपछि नेपाल-चीन सम्बन्ध अरू प्रगाढ भयो । चीनले नेपालको प्रगतिमा मद्दत पुग्ने कैयन् उद्योग, बाटो र परियोजनामा लगानी गर्न थाल्यो ।
जनकविकेशरी धर्मराज थापाले भनेका थिए, ‘पोखराबाट सात दिन हिँडेर म काठमाडौं आउँथें । चीनले पृथ्वी राजमार्ग बनाइदिएपछि मात्र गाडी चल्न थालेको हो ।' राजा महेन्द्रले चीनको भ्रमण गरेर माओसँग मित्रता बढाएकाले राजा वीरेन्द्रलाई धेरै सहज भयो । अरनिको राजमार्ग, वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (हालको संसद् भवन), बाँसबारी छाला जुत्ता कारखाना, ट्रलिबस, भृकुटी कागज कारखानादेखि लिएर धेरै ठाउँमा चीनले लगानी गर्‍यो । पश्चिमाका सेवक भारतपरस्तहरू सरकारमा पुगेपछि कैयन् उद्योग बेचिए । चीन नेपालसँग टाढिँदै गयो ।
पछिल्ला वर्षहरूमा चीनको कूटनीति पनि बहकिएको देखिन्छ । नेपालमा गणतन्त्र घोषणा गरिएपछि चीनले भरपर्दो मित्र फेला पार्न सकेको देखिँदैन । प्रायः सबै दलमा इन्डो-अमेरिकन र युरोपियन युनियनका निकटवर्ती छन् भन्ने चिनियाँहरूको बुझाइ छ, तर चीनले असल मित्र बनाउन सकेन । पंक्तिकार गोरखापत्रको प्रधानसम्पादक छँदा चीनका एकजना पत्रकारले गुनासो गरे, ‘दरबारका कर्मचारीदेखि लिएर सिंहदरबारसम्म र सुरक्षा अंगदेखि मिडियामा समेत भारतीय र पश्चिमहरूको घूसपैठ छ । त्यसैले राजा घेरामा परेका छन् ।' उनको त्यो प्रतिक्रिया पूर्वाग्रही थिएन भन्ने केही महिनामै पुष्टि भयो । राजतन्त्र ढल्यो।
पुराना प्रशासक (पूर्व सचिव) तेजबहादुर प्रसाईले लेखेका छन्, ‘भारत र चीन तथा भारत र पाकिस्तानको आपसी खिचातानी र सीमासम्बन्धी झगडा र युद्ध हुँदा पनि नेपाल सदैव यी देशको मित्र नै रह्यो । यसरी ठूला-साना सबै राष्ट्रहरू मौसुफ (राजा महेन्द्र) का असल मित्र नै रहे ।' (फर्केर हेर्दा तेजबहादुर प्रसाईको आत्मकथा), राजतन्त्रकालमा चीन र भारतीय सन्तुलन मिलाउन राजाहरू सतर्क थिए भन्ने पुराना नेता तथा प्रशासकका अभिव्यक्तिबाट पुष्टि हुन्छ ।
डा. फ्रान्सिस बुचाननले प्रथम विश्वयुद्ध समाप्त भएको केही वर्षमै ‘नेपालीहरू अंग्रेजलाई भन्दा चिनियाँलाई बढी भरोसा गर्छन्' भनेर लेखे । आज पनि गोराहरूले नेपाललाई हेपिरहेका छन् भने साना र कमजोर राष्ट्रहरूलाई इच्छाअनुसार नचाउन सकिन्छ भन्ने फिरंगीको छत्रछायामा बसेका भारतीय शासकहरूले नेपाललाई केरा बेचेर गुजारा गर्ने दक्षिण अमेरिकी बनाना रिपब्लिकभन्दा पनि निम्नकोटीको ठानेका छन् । नेपाली नेताहरूको मगन्ते शैली राष्ट्र हेपिनुको एउटा प्रमुख कारकतत्व हो ।
महाभारतमा थुप्रै रोचक, प्रेरक र हृदयस्पर्शी प्रसंग आउँछन् । कुरुक्षेत्रको युद्धपछि युधिष्ठिर आफ्ना भाइहरूका साथै श्रीकृष्णसहित राजा धृतराष्ट्रसमक्ष पुग्छन् । पुत्रशोकले क्रोधाग्निमा जलिरहेका धृतराष्ट्रले भीमसेनलाई मार्न सक्छन् भन्ने कुरा श्रीकृष्णलाई आभास भइसकेको थियो । दृष्टिहीन धृतराष्ट्रले भीमलाई अँगालो हालेको बेला निचोरेरै मार्छन् भन्ने चाल पाएका श्रीकृष्णले भीमकै आकारको फलामको प्रतिमा धृतराष्ट्रको नजिक उभ्याइदिए । आफ्ना प्रिय पुत्रहरूको हत्या गर्ने भीमलाई मार्ने दुराशयले अत्यन्त क्रुद्ध हुँदै धृतराष्ट्रले लौह-प्रतिमालाई भीम ठानेर छातीमा कठोरतापूर्वक टाँस्दा त्यो टुक्राटुक्रा भयो । श्रीकृष्णको चातुर्य एवं दूरदृष्टिले भीम मृत्युको मुखबाट उम्किन सफल भए ।
सल्लाहकार योग्य, सक्षम, दूरदर्शी, इमानदार र विवेकी छन् भने राज्यसत्ता सञ्चालन गर्नेहरू संकटबाट मुक्त हुन सक्छन्, तर अयोग्यलाई विश्वास गर्ने शासकहरू डुब्छन् र राष्ट्र पनि डुबाउँछन् । निरक्षर अकबरलाई असल र सफल सम्राट् बनाउने काम उनका योग्य सल्लाहकारहरूले गरे । साहित्य, संगीत, कूटनीति, राजनीति, जासुसी, प्रशासन, सुरक्षा व्यवस्था र जनसम्पर्कका निपुण व्यक्तिहरूलाई राजदरबारमै संरक्षण गरेर अकबरले जनताको हितमा काम गरिरहे । जनता प्रसन्न भए भने त्यस्तो प्रेमले शासक र जनताबीचको सम्बन्ध प्रगाढ बन्छ । असन्तुष्टि, विद्रोह तथा अविश्वासमा अरूले षड्यन्त्र गर्ने मौका पाउँदैनन् ।
इटलीका प्रसिद्ध दार्शनिक मेकियाभेलीले प्रसिद्ध ग्रन्थ लेखे- प्रिन्स । त्यसमा शासकले कसैमाथि पनि शोषण र भेदभाव गर्नु हुँदैन र हुन दिनु हुँदैन भनिएको छ । दलीय व्यवस्थामा नेताका गुटमा काम गर्ने सीमित व्यक्ति मात्र बढी लाभान्वित हुन्छन् । साम्यवादमा पनि सर्वसाधारणभन्दा नेताहरू ‘विशेष' नागरिक मानिन्छन् । एनिमल फार्म पुस्तकमा लेखक जर्ज अर्बेलले यस्तो प्रवृत्तिविरुद्ध कठोर व्यंग्य गर्दै पशुको साम्राज्यमा समानताको कुरा गर्ने पशुनेताहरू अरू पशुभन्दा आफूलाई उच्च ठान्छन् भनेका छन् ।
बीपी कोइराला प्रधानमन्त्रीका हैसियतले चीन जाँदा माओले भनेका रहेछन्, ‘पहिले ठुल्दाजु सम्झेर, उसका अनुभवहरू बेसी छन् भनेर, लेनिन र क्रान्तिहरू भनेर जहिले पनि रूसको कुराबाट निर्देशित हुन्थ्यौं । त्यस घटनापछि हामीले के निश्चय गर्‍यौं भने अब हामी उनीहरूका कुरा मान्दैनौं । त्यसको केही वर्षभित्रै हामी सत्तामा पुग्यौं । लहैलहैमा काम गर्दा अर्कालाई फाइदा हुने काम बेसी हुँदोरहेछ । आफूलाई फाइदा हुने काम हुँदो रहेनछ । हाम्रो त्यो अनुभव हो । तिमीहरूले पनि आफूलाई राम्रो हुने काम गर्नुपर्छ, अर्काको निर्देशनमा जानु हुँदैन ।' (विश्वेश्वरप्रसाद कोइराला, आत्मवृत्तान्त, पृष्ठ २४६)
राष्ट्रलाई विदेशीको खेलमैदान बनाउन २०४७ सालपछि दलहरूले नै अनुमति दिएर महाकाली सन्धिमा एमाले, कांग्रेस, राप्रपा सबैले राष्ट्रघातमा मद्दत गरे । तीस लाखभन्दा धेरै गैरनेपालीलाई नागरिकता दिइयो । ०६२/६३ सालपछि बढेको सुरक्षा चुनौतीको प्रमुख कारकतत्व अंगीकृत नेताको भारतपरस्त नीति र चीनविरोधी पश्चिमा गतिविधि नै रहेको देखिन्छ । त्यसैले नेपाल र चीनका साझा शत्रु चिन्न गाह्रो छैन ।

तराईमा केही महिनायता उग्र क्रियाकलाप बढेको देखिन्छ । डलर, युरो र भारुको प्रभाव बढेको खबर बारम्बार आइरहेको छ । तर के यी सबै घटनाबारे चीन बेखबर होला त ? अवश्य छैन । गुप्तचरहरू चीनबाटै आउनु पर्दैन । दलका नेता, पत्रकार, प्राध्यापक, लेखक, मानव अधिकारकर्मी आदिका भेषमा देश-विदेशका मानिस चेस खेलिरहेका छन् । त्यसैले, चीनले पनि केही लोभीपापीलाई प्रयोग गरेको हुन सक्छ । चिनियाँहरू भन्छन्, ‘केही पनि गोप्य छैन । नेपालमा सबै कुरा हामीले बुझेका छौं ।' चीनकी विज्ञ प्रा. ली ताओले भनेकी छन्, ‘हरेक घटनालाई चीनले सूक्ष्मरूपमा हेरिरहेको छ ।'
सिक्किमलाई भारतले निलेको बेला, पूर्वी पाकिस्तानलाई टुक्र्याएर बंगलादेश स्थापना गर्दा र यस्ता कतिपय घटनामा चीन मौन बस्यो । चिनियाँहरू भन्छन्, ‘त्यसबेला चीन कमजोर थियो, अब त्यो अवस्था छैन । नेपालमा बसेर जुन तत्ववले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताका नाममा युरोप-अमेरिकाका धार्मिक संगठन, गुप्तचर निकाय, राजनीतिक केन्द्र, दूतावासहरू र दाताको भेषमा नेपालमा भाँडभैलो गरिरहेका संस्थाहरू सबैको अभिलेख हामीसँग छ ।'
यसको अर्थ हो, नेपालमा जात, धर्म, क्षेत्र तथा दलीय राजनीतिका नाममा राष्ट्रघाती काम गर्नेहरू नेपालका मात्र होइन, चीनका पनि शत्रु हुन् भन्ने उनीहरूले राम्ररी बुझेका छन् । पश्चिमाहरू चीन र भारतलाई बिथोल्न नेपाललाई आधार इलाका बनाएर काम गरिरहेका छन् भन्ने कुरा चीनले झैं भारतले स्पष्ट बुझ्न सकिरहेको पाइँदैन । नेपाली राजनीति र कूटनीतिलाई सही दिशामा अगाडि बढाउन नेपालमा ‘स्थायी शक्तिको खाँचो' रहेको चीनले बुझेको छ । नेपाली सेनालाई भरपर्दो शक्ति मानेर संयुक्त सैनिक अभ्यास र अनुभव आदानप्रदान गर्न चीन तयार भएको छ ।
सैनिक कूटनीति मात्र पर्याप्त हुँदैन र राष्ट्रलाई दीर्घकालसम्म दिशानिर्देश गर्न नेपाली जनता र माटोमा मात्र भरोसा गर्ने राजनीतिक शक्ति चाहिन्छ भन्ने उनीहरूको बुझाइ छ । राजसंस्था ढलेपछि काठमाडौं अर्को काबुल बन्न लागेको भन्दै उनीहरूले कम्बोडियामा कम्युनिस्टले हटाएका राजालाई पुनस्र्थापना गराउन सहयोग गरे झैं नेपालमा राजसंस्था पुनस्र्थापना गराउन अत्यन्त सूक्ष्मरूपमा मार्गचित्र बनाइरहेको बुझिन्छ । यसबारे केही संकेत पाएपछि पुष्पकमल दाहालले गणतन्त्र धरापमा परेको विश्लेषण गर्न थालेका छन् ।
केही महिनाभित्रै वर्तमान संविधान बौरिन्छ कि भन्ने झीनो आशामा कतिपय नेताले अपरिपक्व विचार व्यक्त गरिरहेका छन् । अञ्चल अस्पतालको साइनबोर्ड र सवारी साधनका नम्बर प्लेटमा मात्र ‘अञ्चल' भन्ने शब्द सीमित भए झैं ‘संघीयता' पनि सरकारी कागजपत्रमा मात्र सीमित देखिन्छ । धर्म निरपेक्षतालाई राइस क्रिस्चियनबाहेक अरूले स्वीकार गरेकै छैनन् ।
गणतन्त्र भन्ने शब्द अर्थ न बर्थ ‘कान्छी मट्याङ्ट्याङ' जस्तो भएको छ । राजतन्त्रकालमा भन्दा हजारौं गुणा महँगी, बेरोजगार, भ्रष्टाचार, बेथिति र विदेशी हस्तक्षेप बढ्नु अग्रगमन हो भने त्यस्तो अग्रगमन चाहिएन भन्दै युवा वर्गले सामाजिक सञ्जालहरूमा आक्रोश व्यक्त गरिरहेका छन् । विदेशीको दाना खानेहरूले बाध्यतावश संक्रमणकाल टुंगिन्छ भनेर झूटो बोलेका छन् । बितेका दस वर्षमा गणतन्त्रका नाममा धेरै मानिस मारिएका छन् । अर्बौं रुपैयाँ दुरुपयोग भएको छ र राष्ट्र झन् अस्थिर बन्दै गृहयुद्धको दैलोमा पुगेको छ । यो त सिनेमाको ट्रेलर मात्र हो ।
राष्ट्रलाई अर्को सुडान र काबुल बन्न नदिन सत्ता, विपक्ष र दलको आवरणमा बसेका प्रत्येक व्यक्ति चिन्नैपर्छ । प्रेस, मानव अधिकार, बुद्धिजीवी, नागरिक समाज आदिका नाममा राष्ट्रलाई कमजोर बनाउनेहरूलाई ‘एलेन्डे' बनाइदिने हो भने मात्र नेपाल सुरक्षित रहन सक्छ । नत्र कुनै पनि दिन राष्ट्रको अस्तित्व धुलिसात् हुने देखिन्छ ।

From Annapaurna

Reporter : विशेष
Comment Box

सुर्खेत, ११ जेठ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाका पदाधिकारीहरुले पदभार...

सुर्खेत, १० जेठ (जागरण) । सुर्खेत आँखा अस्पतालले औपचारिक रुपमा...

सुर्खेत, ८ जेठ (जागरणंं) । सुरक्षित आप्रवासनसम्बन्धी जनचेनामूलक सडक नाटक...

सुर्खेत, ८ जेठ (जागरण) । स्थानीय तहको पहिलो चरणको निर्वाचबाट...

सुर्खेत, ७ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ रानिघाटमा...

सुर्खेत, ७ जेठ (जागरण) । गाडिले ठक्कर दिएर गम्भीर घाइते...

सुर्खेत, ६ जेठ (जागरण) । गाडिले ठक्कर दिँदा सुर्खेतको पञ्चपुरी...

सुर्खेत, ६ जेठ (जागरण) । सुर्खेतका स्थानिय तहका प्रमुख र...

सुर्खेत, ६ जेठ (जागरण) । प्रदेशनम्वर ६ को सम्भावीत राजधानीको...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालीकाको मेयर र...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्ष र...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाको मेयर र...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेयरमा नेपाली...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा नेकपा...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिकामा नेकपा एमालेको...

सुर्खेत, ३ जेठ (जागरण) । सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा नेपाली...

सुर्खेत, ३ जेठ (जागरण) । सुर्खेतको चिङगाड गाउँपालिकाको प्रमुख र...

सुर्खेत, २ जेठ (जागरण) । स्थानिय तहको निर्वाचनअन्तर्गत यो समाचार...

सुर्खेत, १ जेठ (जागरण) । पहिलो चरणको स्थानिय तहको निर्वाचन...

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानिय तह निर्वाचनका लागि तयार...

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानिय तह निर्वाचनका लागि सुर्खेत...

सुर्खेत, २७ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लागि स्वतन्त्र...

सुर्खेत, २७ वैशाख (जागरण) । सहकारी विकास तथा गरिवी निवारण...

सुर्खेत, २७ बैशाख (जागरण) । गायीका रुची बुढाको पहिलो सांगीतिक...

सुर्खेत, २१ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका युवाहरुले नगरपालिकाका...

सुर्खेत, २१ वैशाख (जागरण) । अमेरिकामा बस्ने युवा समाजसेवी जयन्ती...

सुर्खेत, २१ वैशाख (जागरण) । सुर्खेतका कानून व्यवसायी तथा अधिकारकर्मीहरुले...

सुर्खेत, २० वैशाख (जागरण) । सुर्खेत जिल्लाका संस्थागत अर्थात् निजी...

सुर्खेत, २० वैशाख (जागरण) । वैशाख २५ देखि ३१ गतेसम्म...

सुर्खेत, २१ बैशाख (जागरण) । धरै पछि तिम्रो याद आयो...