ताजा समाचार
सिम्ता गाउँपालिकाका प्रतिनिधिले सम्हाले पदभार || सुर्खेत आँखा अस्पतालको सेवा औपचारिक रुपमै सञ्चालन || पत्रकार महासंघको महाधिवेशन असार २२ देखि || निर्वाचन सकेर फर्कँदै गरेको प्रहरीको गाडि दुर्घटना, एकको मृत्यु || नेपाल–मलेसिया मैत्रीपूर्ण महिला फुटबल बराबरी || रानीबासमा ढुक्क || वीरेन्द्रनगरका जनप्रतिनिधिहरुले गरे सपथ ग्रहण || रानीघाटमा ११ दिनसम्म विशाल महायज्ञ हुँदै || घाइते विसी र सहकारी खतरामुक्त || जीपको ठक्करबाट एमाले नेताहरु गम्भीर घाइते || सुर्खेतमा चार पूर्वपत्रकार स्थानिय तहका जिम्मेवार || वीरेन्द्रनगरको मेयरमा देवकुमार, उपमेयरमा मोहनमाया || नवजात शिशु स्वास्थ्यका क्षेत्रमा डेड वर्षभित्र कहाँ के गरिदैछ ? || टीकापुर घटनाका दोषीलाई उन्मुक्ति दिन पाइदैन || भेरीगंगामा भुपेन्द्रको जीत || चौकुनेमा धीरबहादुर विजयी || सुर्खेतको पञ्चपुरीमा थापा || हस्तको हातमा गुर्भाकोट || सिम्तामा एमालेका कविन्द्रको जीत || लेकवेसीमा एमालेका गगनसिं सुनारको टीम विजयी, सुर्खेतमा ३ वटाको टुङ्गो || बराहताल काँग्रेसको पोल्टामा || चिङ्गाडमा काँग्रेसका चन्द विजयी || प्रदेशनम्वर ६ः मिश्रीत नतिजा अनि मतदाताका अपेक्षा || सुर्खेतमा काँग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा || मतगणनाः धेरैमा एमाले विजयी || आचार संहिता मिचेरै प्रचार प्रशार गर्नुलाई तपाँई के भन्नु ? || बालबालिका प्रयोग गर्दैनौँः दलहरु || आजदेखि मतदाता परिचयपत्र बाँडिदै || र्यालीमा मान्छे देखाउने दलहरुको होडवाजी || दाहालको सभा व्यापक || मन्त्री थानीद्वारा आचारसंहिता उल्लघंन (भिडियोसहित) || कस्तो होला रुचीको मुटु रोग || मेयरका उम्मेद्वारलाई युवाका प्रश्नः तपाइलाई किन भोट दिने ? || एमाले सुर्खेतको ११ वुँदे प्रतिवद्धता, के के छन् ? || अमरज्योतिमा जयन्तीको अर्को सहयोग || महाअभियोग फिर्ता लिन कानून व्यवसायी र अधिकारकर्मीको माग || काँग्रेसले खटायो केन्द्रिय प्रतिनिधि, को कहाँ ? || निजी विद्यालयमा सरकारी अनुगमन || वैशाख २५ देखि विद्यालय बन्द हुने || तिम्रो यादमा म्युजिक भिडियो ||
असी प्रतिसतले पहिलो चरणमा हात्तिपाइलेको औषधि खाए

सुर्खेत, १४ चैत (जागरण) । हरेक वर्ष सञ्चालन हुँदै आएको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानअन्तर्गत यो वर्षको पहिलो चरणमा ८० प्रतिशतले औषधि सेवन गरेका छन् ।
चैत ५, ६ र ७ गते पहिलो चरणमा औषधि खुवाउने कार्यक्रममा छुटेका २० प्रतिशतमध्ये दुई वर्षमुनिका बालबालिका, गर्भवती, दीर्घरोगी, छारेरोगी, एक हप्ता नपुगेका सुत्केरी, सिकिस्त बिरामीले हात्तीपाइलेको औषधि सेवन नगरेको र १० प्रतिशत भने औषधि खानबाट छुटेका छन् ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड आठ लाखलाई हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने लक्ष्य राखेको थियो ।
अभियानअन्तर्गत पहिलो चरणमा सुर्खेत, दैलेख, दाङ, जाजरकोट,  बाँके, बर्दिया, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर, अछाम, बझाङ, बाजुरा, दार्चुला, भोजपुर, इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, ललितपुर, बाग्लुङ, म्याग्दी, पर्वत र लमजुङमा औषधि सेवन अभियान सञ्चालन भएको थियो ।
आगामी १७, १८ र १९ गते दोस्रो चरण सञ्चालन झापा, मोरङ, सुनसरी, उदयपुर र कपिलवस्तुमा अभियान सञ्चालन हुनेछ । 
नेपालका ६१ जिल्लामा हात्तीपाइले रोगको जोखिम छ । तीमध्ये सबै जिल्लामा विभिन्न चरणमा गरी औषधि खुवाइने कार्यक्रम चलिसकेको छ जसमध्ये ३१ वटा जिल्लाका कार्यक्रम फेजआउट भइसकेको महाशाखाले जनाएको छ ।
जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुष अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले (फाइलेरियां) भएको हुनसक्छ । साथै, महिलामा यौनाङ्ग अथवा स्तन सुन्निने र दुख्ने भएमा पनि हात्तीपाइले भएको हुनसक्छ ।
सङ्क्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा त्यो समयमा क्युलेक्स या अन्य जातको लामखुट्टेबाट सङ्क्रमण फैलने गर्दछ ।
विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगको सङ्क्रमण नेपालका ६१ जिल्लामा देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि आम औषधि सेवन गराउने कार्य सुरु गरेको थियो ।
सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले राखेको छ ।

 

Reporter : समाचार शाखा
Comment Box

सुर्खेत, ११ जेठ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाका पदाधिकारीहरुले पदभार...

सुर्खेत, १० जेठ (जागरण) । सुर्खेत आँखा अस्पतालले औपचारिक रुपमा...

सुर्खेत, ८ जेठ (जागरणंं) । सुरक्षित आप्रवासनसम्बन्धी जनचेनामूलक सडक नाटक...

सुर्खेत, ८ जेठ (जागरण) । स्थानीय तहको पहिलो चरणको निर्वाचबाट...

सुर्खेत, ७ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका २ रानिघाटमा...

सुर्खेत, ७ जेठ (जागरण) । गाडिले ठक्कर दिएर गम्भीर घाइते...

सुर्खेत, ६ जेठ (जागरण) । गाडिले ठक्कर दिँदा सुर्खेतको पञ्चपुरी...

सुर्खेत, ६ जेठ (जागरण) । सुर्खेतका स्थानिय तहका प्रमुख र...

सुर्खेत, ६ जेठ (जागरण) । प्रदेशनम्वर ६ को सम्भावीत राजधानीको...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालीकाको मेयर र...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको चौकुने गाउँपालिकाको अध्यक्ष र...

सुर्खेत, ५ जेठ (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाको मेयर र...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेयरमा नेपाली...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिकाको अध्यक्षमा नेकपा...

सुर्खेत, ४ जेठ (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिकामा नेकपा एमालेको...

सुर्खेत, ३ जेठ (जागरण) । सुर्खेतको बराहताल गाउँपालिकाको अध्यक्षमा नेपाली...

सुर्खेत, ३ जेठ (जागरण) । सुर्खेतको चिङगाड गाउँपालिकाको प्रमुख र...

सुर्खेत, २ जेठ (जागरण) । स्थानिय तहको निर्वाचनअन्तर्गत यो समाचार...

सुर्खेत, १ जेठ (जागरण) । पहिलो चरणको स्थानिय तहको निर्वाचन...

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानिय तह निर्वाचनका लागि तयार...

सुर्खेत, २८ वैशाख (जागरण) । स्थानिय तह निर्वाचनका लागि सुर्खेत...

सुर्खेत, २७ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका लागि स्वतन्त्र...

सुर्खेत, २७ वैशाख (जागरण) । सहकारी विकास तथा गरिवी निवारण...

सुर्खेत, २७ बैशाख (जागरण) । गायीका रुची बुढाको पहिलो सांगीतिक...

सुर्खेत, २१ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका युवाहरुले नगरपालिकाका...

सुर्खेत, २१ वैशाख (जागरण) । अमेरिकामा बस्ने युवा समाजसेवी जयन्ती...

सुर्खेत, २१ वैशाख (जागरण) । सुर्खेतका कानून व्यवसायी तथा अधिकारकर्मीहरुले...

सुर्खेत, २० वैशाख (जागरण) । सुर्खेत जिल्लाका संस्थागत अर्थात् निजी...

सुर्खेत, २० वैशाख (जागरण) । वैशाख २५ देखि ३१ गतेसम्म...

सुर्खेत, २१ बैशाख (जागरण) । धरै पछि तिम्रो याद आयो...