ताजा समाचार
पच्चिस जिल्लाका गरिव परिवारलाई परिचयपत्र वितरण गरिँदै || सुर्खेत जिसस गठनका लागि कार्यतालिका सार्वजनिक || सम्वन्धनको विरोध गर्दै विद्यार्थी आन्दोलित || नेपाली फुटवल टोली जापान जाने || स्थानिय जनप्रतिनिधिले अनिवार्य सम्पत्ती विवरण बुझाउनुपर्छ || सरकारसँग राप्रपा किन असन्तुष्ट ? || मन्त्रीपरिषद् विस्तारः को को हुन् मन्त्री ? || विश्वकप छनौट क्रिकेटमा नेपाल अफगानिस्तानसँग पराजित || सिम्तामा स्वास्थ्य सेवा सुधारबारे मासिक जानकारी गराउनुपर्ने || किन गरे इमरजेन्सीसमेत बन्द गर्ने निर्णय स्वास्थ्यकर्मीले ? || प्रजनन् स्वास्थ्यमा एकपछि अर्काे उपलब्धी हाँसिल गर्दै नेपाल || आइसिसी विश्वकप छनौटमा नेपालले मलेसियालाई हरायो || राजनीतिक इगो साँध्न स्थानिय तहका निर्णयको विरोध || स्थानिय तहमा मानव वेचविखनविरुद्ध संयन्त्र बन्दै || विद्युत सेवा उपलब्ध बनाउन पोल गाडेको तिन बर्ष भयोः पोल || सुर्खेतमा साउन २९ गते जिल्ला समन्वय समिति गठनको लागि निर्वाचन || नापी कार्यालयद्वारा नयाँ भवनबाट सेवा दिन शुरु || अख्तियारको काममा सांसदहरुको चित्त दुखाई || सरकार विस्तार नहुदा लाजमर्दो भयोः दाहाल || पार्टिको शाख जोगाउन अन्तरघात रोक्नुपर्छः कांग्रेस || नेटाको विकास वजेट दुरुपयोगः कामै नगरी रकम झ्वाम || किन तय भयो केपी ओलीको एक हप्ते कैलाश मानसरोवर भ्रमण || सुर्खेतमा प्रदेशस्तरीय फिट्नेश प्रतियोगिता आजदेखि || बालबालिकाका लागि दुई खोप थपिँदै || तेश्रो चरणको निर्वाचनको कार्यतालिका सार्बजनिक || निर्वाचन क्षेत्र निर्धारण आयोग गठन || द्वन्द्व प्रभावितहरुको लागि आएको ८ करोडभन्दा धेरै रकम फ्रिज || सुर्खेतका स्थानिय तहहरुले कर्मचारी व्यवस्थापन गर्दै || अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, ४ ब्याटस्म्यानले खाता नै खोलेनन् || साठ्ठी प्रतिशत रोपाइ हुन बाँकी || अव नागरिकले खवरदारी पनि गर्ने कि ? || कानूनहरु नबन्दा जनप्रतिनिधि अलमलमा || विश्वकप क्रिकेट छनौटमा नेपालको विजयी शुरुवात् || लेकवेसीमा वजेट कति ? || भेरीगंगाको वजेट अनि स्मार्ट सिटीको परिकल्पना || नेपालको दोस्रो खेल आज || स्थानिय तहमा कर्मचारी समायोजन शुरु || दाह्री ग्याँङले प्रत्येक महिना रक्तदान गर्ने || सनसाइजको मेहेन्दी उत्सव || गणेशजलमा पनि लघुवित्त ||
पुरानो वर्ष २०७३ लाई फर्केर हेर्दाः महत्वपूर्ण घटना के के

सुर्खेत, ३१ चैत (जागरण) । भोलीदेखि वि.सं. को नयाँ बर्ष २०७४ शुरु हुदैछ, भने २०७३ लाई आजैदेखि विदाई गरिदैछ । २०७२ को तुलनामा २०७३ साल धेरै हतसम्म सुखद् नै रह्यो । धेरैजस्तो राम्रा कामका शुरुवात भए । सबैभन्दा पहिले ०७३ बैशाख १ गते ‘सामाजिक सद्भाव, शान्ति र एकताका लागि’ बाँकेको नेपालगन्जमा झन्डा महोत्सव गरियो ।
राष्ट्रपति र सभामुख जस्तो पदमा महिला रहेको नेपालमा बैशाख २ गते नेपालको इतिहासमै सुशिला कार्की पहिलो महिला प्रधानन्यायधिश बन्नुभयो । यस्तै अहिले भवानी राणा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्नुभएको छ । बैशाख २ गते नै द्वन्द्वकालमा वेपत्ता पारिएका व्यक्तीहरुको छानविन शुरु गरियो । 
बैशाख महिनामा अरु खास्सै त्यस्ता अप्रिय घटना भएनन् । ०७३ जेठमा भएका प्रमुख घटनाहरुलाई सरसरर्थी हेर्दा सुर्खेतमा किसानहरुले आफ्नै लगानीमा दुध डेरी संचालन गरे । कर्तव्य ज्यान मुद्दाका फरार आरोपी १० वर्षपछि पक्राउ परेका थिए । जेठ महिनामै फुटेका माओवादीहरुको एकता भएको थियो । 
जेठ महिनामा नै केपी ओली नेतृत्वको सरकारले दैलेखलगायतका क्षेत्रमा रहेका पेट्रोल खानीको उत्खनन्को लागि तयारी थालेको थियो । 
जेठमा नै सुर्खेत जाजरकोटको पक्कि पुल संचालनमा आयो । पुर्व प्रधानमन्त्री केपी ओलीले सुर्खेतमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नयाँ भवनको सिलन्यास गर्नुभयो भने सँगसँगै सिनेट बैठक सुर्खेतमै सम्पन्न भएको थियो ।
सरकारले १० खर्ब ३० अर्ब रुपैयाँको हाराहारीका वजेट सार्बजनिक गरेको थियो । वजेटबाट आम नागरिकमा उत्साह आयो भने वजेट संसदलाई जानकारी हुनुपुर्व बाहिर आएको भन्दै छानविन समिती गठन भयो ।
असारमा छिटपुट घटना भएपनि खास्सै त्यस्ता काम भएनन् । साउनको पहिलो दिन भएको प्रमुख घटना भाषा र साहित्य तर्फको क्षेत्रीय प्रतिभा पुरस्कार सुर्खेतका अग्रज पत्रकार तथा लेखक पृथ्बीबहादुर सिंहले प्राप्त गर्नुभयो ।
सुर्खेत आउँदै गरेको मकालु एयरको विमान हुम्लामा दुर्घटना भयो भने त्यसमा सवार पाइलट र को–पाइलट हाम फालेर जोगिए ।
नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरायो । साउन १९ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपालको ३९ औं प्रधानमन्त्रीको रुरुवपमा निर्वाचित हुनुभयो ।
संविधान च्यात्दै हिडेका मधेसी दलहरु त्यही संविधान अनुसार प्रधानमन्त्री निर्वाचित गर्न संसदमा आएका थिए । ०७३ साउन महिनासम्म बाढी पहिरोमा परि करिव एक सय दुइ जनाको मृत्यु भयो । भने २२ जना वेपत्ता भए । 
यता सुर्खेत लगायत देशभर ०७१ सालमा आएको बाढिबाट प्रभावित व्यक्तीहरुलाई राहतमात्र वितरण गरियो । पुनःस्थापना हुन सकेन ।
भदौ महिनामा ६ नम्बर प्रदेश प्राप्तिका लागि भएको आन्दोलनमा मारिएका व्यक्तीहरुलाई सहिद घोषणा गरियो । प्रदेश नम्बर ६ मा रहेको कुपेण्डे दहमा पर्यटकहरु आर्कषण बढ्दै गयो । रारा क्षेत्रमा पनि पर्यटकको घुइचो बढ्यो । 
असोजमा छिटपुटका सामान्य काम र छिटपुटका घटनाहरु भएपनि खास्सै केहि भएको देखिएन । कात्तीकमा देशभरका सडकहरूमध्ये प्रदेश नम्बर ६ मा रहेका दुई वटा सडक खण्ड धेरै दुर्घटना हुने सडकखण्डको सूचीमा परे । कात्तीकमै लोकमान विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराइयो ।
मंसिरमा सरकारद्वारा सत्य निरुपन तथा मेलमिलाप आयोगको म्यदा एक बर्ष थप गरियो । भने आयोगले खास्सै काम गर्न सकेन ।
मधेशलाई शान्त पार्न भन्दै संविधान संशोधन प्रस्ताव संसदमा पेश भयो । तर संशोधनको विरोधमा एमाले निरन्तर संसद अवरोध कायमै राख्यो । 
२०७३ सालमै भएका अन्य उपलब्धीहरुमध्ये सबैभन्दा ठुलो उपलब्धी रुपमा स्थानिय तहलाई लिन सकिन्छ । जुन काम इतिहासकै महत्वपूर्ण काम हो । सरकारले बिगत करीव २५ वर्षदेखि अस्तित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना फागुन २७ गते भंग भएको घोषणा गरेको छ ।
राजपत्रमा ७ सय ४४ वटा स्थानीय तहको संरचना प्रकाशित भइसकेको छ । अब गाउँपालिका तथा नगरपालिकाहरु अस्थित्वमा आएका छन् । 
तिनै गाउँपालिका तथा नगरपालिकाको निर्वाचन हुदैछ । जसले स्थीर सरकारको अपेक्षा नागरिकहरुले गरेका छन् । भने यता जाजरकोटमा २४ जनाको मृत्यु भयो । १० दिनअघि मात्रै बाँकेमा भएको सवारी दुर्घटनामा परी सुर्खेतको कलाकारिता क्षेत्रका हस्ती एवम् व्यवसायी चेतन पुरीको निधन भयो ।
समग्रमा २०७३ साल सुखमय रह्यो अब २०७४ सालमा स्थानिय निर्वाचनसँगै संविधान कार्यान्वयनको अवस्थामा जाओस् ।

Reporter : टेकराज केसी
Comment Box

सुर्खेत, १२ साउन (जागरण) । सुर्खेत जिल्ला समन्वय समिति गठनका...

काठमाण्डौँ, १२ साउन (जागरण) । दश दिने बिशेष क्याम्पका लागि...

काठमाण्डौँ, ११ साउन (जागरण) । मन्त्रिपरिषद बिस्तारमा आफ्नो पार्टीलाई नसमेटेपछि...

काठमाण्डौँ, ११ साउन (जागरण) । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार...

काठमाण्डौँ, १० साउन (जागरण) । उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप छनौट...

सुर्खेत, १० साउन (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोटमा रहेको...

काठमाण्डौँ, ९ साउन (जागरण) । नेपालले प्रजनन् स्वास्थ्य क्षेत्रमा एकपछि...

काठमाण्डौँ, ९ साउन (जागरण) । आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट...

सुर्खेत, ९ साउन (जागरण) । सुर्खेतका स्थानिय तहहरुले गरेका निर्णयलाई...

सुर्खेत, ९ साउन (जागरण) । सुर्खेतका स्थानिय तहहरुमा मानव वेचबिखन...

टेकराज केसी, सुर्खेत, ८ साउन (जागरण) । सुर्खेत चिङ्गाड गाउँपालिकाको...

काठमाडौं ८ साउन (जागरण) । सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

काठमाडौं ८ साउन (जागरण) । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म सरकार...

काठमाडौं ८ साउन (जागरण) । कांग्रेस केन्द्रीय सदस्यहरुले अन्तर्घातका कारण...

सुर्खेत, ७ साउन (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिका वडा नम्वर...

काठमाण्डौँ, ७ साउन (जागरण) । प्रदेशनम्वर ६ को प्रमुख पर्यटकिय...

सुर्खेत, ७ साउन (जागरण) । बालबालिकाहरुका लागि नेपालमा अरु दुईवटा...

काठमाडौं, ५ साउन (जागरण) । प्रदेश नम्बर २ मा असोज...

काठमाडौं, ५ साउन (जागरण) । सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग...

सुर्खेत, ५ साउन (जागरण) । सुर्खेतका द्वन्द्व प्रभावितहरुको लागि आएको...

टेकराज केसी, सुर्खेत, ५ साउन (जागरण) । सुर्खेतका स्थानिय तहहरुले...

काठमाडौं, साउन ५ (जागरण) १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत...

सुर्खेत, ३ साउन (जागरण) । साउन महिना शुरु भइसक्दा पनि...

सुर्खेत, ३ साउन (जागरण) । पहिलो चरणमा सम्पन्न स्थानिय तहको...

सुर्खेत, ३ साउन (जागरण) । स्थानिय तह संचालन सम्बन्धी आवश्यक...

काठमाण्डौँ, २ साउन (जागरण) । १९ वर्षमुनीको विश्वकप क्रिकेटअन्तर्गत एसियाली...

सुर्खेत, ३१ असार (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिकाले आगामी आर्थिक...

सुर्खेत साउन १ (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालिकाले आगामी आर्थिक...

काठमाण्डौँ, २ साउन (जागरण) । तेइस् वर्षमुनीको एसियन च्याम्पियनसिप छनोट...

सुर्खेत, १ साउन (जागरण) । सुर्खेतका स्थानीय तहमा कर्मचारी समायोजन...

सुर्खेत, १ साउन (जागरण) । दाह्री ग्याँङमा आवद्ध सुर्खेतका युवाहरुले...

सुर्खेत, १ साउन (जागरण) । सनराइज बैङ्क सुर्खेत शाखाले मेहन्दी...

सुर्खेत, १ साउन (जागरण) । गणेशजल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड...