ताजा समाचार
पच्चिस जिल्लाका गरिव परिवारलाई परिचयपत्र वितरण गरिँदै || सुर्खेत जिसस गठनका लागि कार्यतालिका सार्वजनिक || सम्वन्धनको विरोध गर्दै विद्यार्थी आन्दोलित || नेपाली फुटवल टोली जापान जाने || स्थानिय जनप्रतिनिधिले अनिवार्य सम्पत्ती विवरण बुझाउनुपर्छ || सरकारसँग राप्रपा किन असन्तुष्ट ? || मन्त्रीपरिषद् विस्तारः को को हुन् मन्त्री ? || विश्वकप छनौट क्रिकेटमा नेपाल अफगानिस्तानसँग पराजित || सिम्तामा स्वास्थ्य सेवा सुधारबारे मासिक जानकारी गराउनुपर्ने || किन गरे इमरजेन्सीसमेत बन्द गर्ने निर्णय स्वास्थ्यकर्मीले ? || प्रजनन् स्वास्थ्यमा एकपछि अर्काे उपलब्धी हाँसिल गर्दै नेपाल || आइसिसी विश्वकप छनौटमा नेपालले मलेसियालाई हरायो || राजनीतिक इगो साँध्न स्थानिय तहका निर्णयको विरोध || स्थानिय तहमा मानव वेचविखनविरुद्ध संयन्त्र बन्दै || विद्युत सेवा उपलब्ध बनाउन पोल गाडेको तिन बर्ष भयोः पोल || सुर्खेतमा साउन २९ गते जिल्ला समन्वय समिति गठनको लागि निर्वाचन || नापी कार्यालयद्वारा नयाँ भवनबाट सेवा दिन शुरु || अख्तियारको काममा सांसदहरुको चित्त दुखाई || सरकार विस्तार नहुदा लाजमर्दो भयोः दाहाल || पार्टिको शाख जोगाउन अन्तरघात रोक्नुपर्छः कांग्रेस || नेटाको विकास वजेट दुरुपयोगः कामै नगरी रकम झ्वाम || किन तय भयो केपी ओलीको एक हप्ते कैलाश मानसरोवर भ्रमण || सुर्खेतमा प्रदेशस्तरीय फिट्नेश प्रतियोगिता आजदेखि || बालबालिकाका लागि दुई खोप थपिँदै || तेश्रो चरणको निर्वाचनको कार्यतालिका सार्बजनिक || निर्वाचन क्षेत्र निर्धारण आयोग गठन || द्वन्द्व प्रभावितहरुको लागि आएको ८ करोडभन्दा धेरै रकम फ्रिज || सुर्खेतका स्थानिय तहहरुले कर्मचारी व्यवस्थापन गर्दै || अफगानिस्तानसँग नेपालको लज्जास्पद हार, ४ ब्याटस्म्यानले खाता नै खोलेनन् || साठ्ठी प्रतिशत रोपाइ हुन बाँकी || अव नागरिकले खवरदारी पनि गर्ने कि ? || कानूनहरु नबन्दा जनप्रतिनिधि अलमलमा || विश्वकप क्रिकेट छनौटमा नेपालको विजयी शुरुवात् || लेकवेसीमा वजेट कति ? || भेरीगंगाको वजेट अनि स्मार्ट सिटीको परिकल्पना || नेपालको दोस्रो खेल आज || स्थानिय तहमा कर्मचारी समायोजन शुरु || दाह्री ग्याँङले प्रत्येक महिना रक्तदान गर्ने || सनसाइजको मेहेन्दी उत्सव || गणेशजलमा पनि लघुवित्त ||
मेयरका उम्मेद्वारलाई युवाका प्रश्नः तपाइलाई किन भोट दिने ?

सुर्खेत, २१ वैशाख (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका युवाहरुले नगरपालिकाका मेयरका उम्मेदवारलाई एकैठाउँ जम्मा गरेर आफ्ना आफ्ना एजेण्डा सोधेका छन् ।
वीरेन्द्रनगर नगरपालिकाको लागि मेयर पदका उमेद्ववारहरुलाई एकै ठाउँमा राखेर यस्तो प्र्रश्न गरेका हुन् । तन्नेरी चासो समुह सुर्खेतले वीरेन्द्रनगरका पाँचै जना मेयरका उम्मेदवारलाई सहभागी गराएको हो ।
छलफलमा नेपाली कांग्रेसका तर्फबाट मेयरका उम्मेद्वार देवकुमार सुवेदी, नेकपा एमालेका बालाराम शर्मा, नेकपा माओवादी केन्द्रका रत्नबहादुर गाहा मगर, राप्रपाका इश्वर श्रेष्ठ, स्वतन्त्र उम्मेद्वार गेहेन्द्र प्रसाद दाहाल सहभागि थिए ।
काँग्रेसका उम्मेद्वार देवकुमार सुवेदीले माटो र प्रविधिलाई चिन्ने समाज बनाउने, फोहोर मैला व्यवस्थापन गर्ने, खानेपानीको उपलब्धता सहज बनाउने, सडक निर्माण, सार्वजनिक यातायातको सुरुवात गर्ने बताउनु भएको छ । 
उहाँले आर्थिक क्रियाकलाप पारदर्शि, सुशासनको प्रत्याभूति, जवाफदेखि शासन प्रणालि, जनपक्षिय सेवा उपलब्ध गराउने, पर्यटन ‘हब’ को रुपमा विकास गर्ने, प्रविधियुक्त शैक्षिक नगरका रुपमा स्थापित गर्ने, बाल मैत्री र महिला मैत्री समाजको निर्माण गर्ने आफ्नो योजना रहेकोसमेत बताउनुभयो ।
नेकपा एमालेका उम्मेद्वार बालाराम शर्माले भने यसअघि मेयर हुँदा आफूले सुरु गरेका र नयाँ योजनालाई पुरा गर्नको लागि आफुलाई जिताउनै पर्ने बताउनु भयो । 
वीरेन्द्रनगरलाई शैक्षिक, प्रशासनिक र पर्यटकीय केन्द्र बनाउने, खानेपानी समस्या समाधानका लागि अघिल्लो पटक आफूले सञ्चालन गरेको तत्कालिन झुप्रा वृहत खानेपानी योजनालाई व्यवस्थित गरी आवश्यक समस्या समाधानका लागि भेरीको पानी सप्लाइ गर्ने व्यवस्था गर्ने, वीरेन्द्रनगर नगरपालिकालाई ६ नम्बर प्रदेशको राजधानी बनाउन अगुवाइ गर्ने, यातायातलाई सहज बनाउने, शहरी नापी र उपत्यकाको रिङरोडको योजनालाई अगाडी बढाउने बताउनुभयो ।
शर्माले निर्माणाधिन मुख्य सडकलाई सम्पन्न गर्ने र मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सर्वाङ्गिण विकासका लागि लाग्ने पनि प्रतिबद्धता गर्नुभयो ।
यस्तै नेकपा माओबादी केन्द्रका रत्न बहादुर गाहा मगरले वीरेन्द्रनगरलाई भारत र चिनको व्यापारीक हब बनाउने योजना रहेको बताउनु भएको छ । 
विकास र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, नगर बस सञ्चालन गर्ने, फोहोर मैला व्यवस्थापन, बसपार्कलाई व्यवस्थित गर्ने तथा अर्को बसपार्कको निर्माण, हरित शहरको निर्माणमा प्राथमिकता दिने उहाँले बताउनु भएको छ । 
राप्रपाका इश्वर श्रेष्ठले नेपालकै उत्कृष्ठ शहर बनाउने, सम्वृद्ध नगर र सुविधान सम्पन्न ‘स्मार्ट सिटी’ निर्माण गर्ने खानेपानीको समस्या समाधान गर्ने, बुलबुले ताल, सिद्ध पाइला, देउती बज्यै मन्दिर, कांक्रेबिहार लगाएतलाई व्यवस्थित गरी पर्यटकीय नगरी बनाउने बताउनुभयो ।
बर्गीय समस्या समाधान गर्नको लागि गरिवको छुट्टै परिचय पत्रको व्यवस्था गर्ने, धर्म, संस्कृतिलाई बचाउने र मठ, मन्दिर, चर्च, गुम्बाहरुको जगेर्ना तथा निर्माण गर्ने योजना लिएर आएको बताउनु भएको छ ।
राजनितिक दलका उम्मेद्वारभन्दा स्वतन्त्र उम्मेदवार गेहेन्द्र प्रसाद दाहालले भने छुट्टै प्रकारका योजना सुनाउनुभएको छ । उहाँले होमस्टे स्ञ्चालन गर्ने, सुर्खेत काठमाडौं हवाइजहाजको सहजता, नगरपालिकाको आफ्नै रेडियो स्थापना, जनताको कामलाई सहज बनाउन २४ घण्टा ‘हेल्प डेक्स’, सुविधा सम्पन्न अस्पताल, ९ कक्षा देखि इन्जिनियरीङ शिक्षाको सुरुवात, युवाकाृ क्षमतालाई पहिचान गरी त्यसको सदुपयोग गर्ने बताउनु भएको छ । 
पर्यटकीय रुपमा सुर्खेतलाई हेर्न लायक बनाउने, बुलबुले ताललाई प्रमुख गन्तव्य बनाउने, फोहोर मैला व्यवस्थापनको लागि ‘डम्पिङ साइड’ बनाउने, व्यरोजगार युवालाई रोजगारीको सिर्जना गर्ने योजना रहेको बताउनुभयो ।
निर्वाचनमा विजयी उम्मेदवारलाई आफुले प्रतिवद्धता गरेका योजनाहरु पुरा गरे नगरेको विषयमा आफूहरुले पटक पटक यस्तै कार्यक्रम गरी सचेत तथा खबरदारी गरिरहने तन्नेरी चासो सुर्खेतका नवराज खरालले जानकारी दिनु भयो ।

Reporter : समाचार शाखा
Comment Box

सुर्खेत, १२ साउन (जागरण) । सुर्खेत जिल्ला समन्वय समिति गठनका...

काठमाण्डौँ, १२ साउन (जागरण) । दश दिने बिशेष क्याम्पका लागि...

काठमाण्डौँ, ११ साउन (जागरण) । मन्त्रिपरिषद बिस्तारमा आफ्नो पार्टीलाई नसमेटेपछि...

काठमाण्डौँ, ११ साउन (जागरण) । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार...

काठमाण्डौँ, १० साउन (जागरण) । उन्नाइस वर्षमुनिको आइसिसी विश्वकप छनौट...

सुर्खेत, १० साउन (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोटमा रहेको...

काठमाण्डौँ, ९ साउन (जागरण) । नेपालले प्रजनन् स्वास्थ्य क्षेत्रमा एकपछि...

काठमाण्डौँ, ९ साउन (जागरण) । आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट...

सुर्खेत, ९ साउन (जागरण) । सुर्खेतका स्थानिय तहहरुले गरेका निर्णयलाई...

सुर्खेत, ९ साउन (जागरण) । सुर्खेतका स्थानिय तहहरुमा मानव वेचबिखन...

टेकराज केसी, सुर्खेत, ८ साउन (जागरण) । सुर्खेत चिङ्गाड गाउँपालिकाको...

काठमाडौं ८ साउन (जागरण) । सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

काठमाडौं ८ साउन (जागरण) । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म सरकार...

काठमाडौं ८ साउन (जागरण) । कांग्रेस केन्द्रीय सदस्यहरुले अन्तर्घातका कारण...

सुर्खेत, ७ साउन (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिका वडा नम्वर...

काठमाण्डौँ, ७ साउन (जागरण) । प्रदेशनम्वर ६ को प्रमुख पर्यटकिय...

सुर्खेत, ७ साउन (जागरण) । बालबालिकाहरुका लागि नेपालमा अरु दुईवटा...

काठमाडौं, ५ साउन (जागरण) । प्रदेश नम्बर २ मा असोज...

काठमाडौं, ५ साउन (जागरण) । सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग...

सुर्खेत, ५ साउन (जागरण) । सुर्खेतका द्वन्द्व प्रभावितहरुको लागि आएको...

टेकराज केसी, सुर्खेत, ५ साउन (जागरण) । सुर्खेतका स्थानिय तहहरुले...

काठमाडौं, साउन ५ (जागरण) १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौट अन्तर्गत...

सुर्खेत, ३ साउन (जागरण) । साउन महिना शुरु भइसक्दा पनि...

सुर्खेत, ३ साउन (जागरण) । पहिलो चरणमा सम्पन्न स्थानिय तहको...

सुर्खेत, ३ साउन (जागरण) । स्थानिय तह संचालन सम्बन्धी आवश्यक...

काठमाण्डौँ, २ साउन (जागरण) । १९ वर्षमुनीको विश्वकप क्रिकेटअन्तर्गत एसियाली...

सुर्खेत, ३१ असार (जागरण) । सुर्खेतको लेकवेसी नगरपालिकाले आगामी आर्थिक...

सुर्खेत साउन १ (जागरण) । सुर्खेतको भेरीगंगा नगरपालिकाले आगामी आर्थिक...

काठमाण्डौँ, २ साउन (जागरण) । तेइस् वर्षमुनीको एसियन च्याम्पियनसिप छनोट...

सुर्खेत, १ साउन (जागरण) । सुर्खेतका स्थानीय तहमा कर्मचारी समायोजन...

सुर्खेत, १ साउन (जागरण) । दाह्री ग्याँङमा आवद्ध सुर्खेतका युवाहरुले...

सुर्खेत, १ साउन (जागरण) । सनराइज बैङ्क सुर्खेत शाखाले मेहन्दी...

सुर्खेत, १ साउन (जागरण) । गणेशजल बहुउदेश्यीय सहकारी संस्था लिमिटेड...