ताजा समाचार
होटेल व्यावसायमा आकर्षण बढ्दै, १२ लाख लगानिमा धुलियाबिटमा रेष्टुरेण्ट संचालन || आजदेखी तिहार सुरु, कागको पुजा गरिदैँ || गुर्भाकोटका हजार दिनका आमालाई अण्डाको महत्व बारे सिकाईयो || खाद्य संकट कम गर्न कृषकहरुलाई प्रेरणा दिनु पर्ने जोड || धितोपत्र लगानीबारे बढ्दो चासो || सेतो छडि दिवसः ‘दृष्टिविहिनका पींडा कसैले बुझ्दैनन्’ || हङकङविरुद्धको दोस्रो खेलमा नेपालले भोली खेल्दै || राष्ट्रसेवकले अव उत्पादनमूलक कार्यमा लगानी गर्ने || धितोपत्र लगानीबारे अभिमुखिकरण || आचार संहिता पालना गर्छौँः नेताहरु || हङकङ्ले जित्यो नेपाललाई || प्रहरीमा प्रविधि अभाव || प्रहरी दिवसः अमर र अशक्त प्रहरी परिवारका गुनासैगुनासा || बुलबुले वचत तथा ऋण सहकारीको साधारणसभा || गुराँस समृद्धिका लागि सहकारी नै गतिलो साझेदार || एएफसी फुटसल छनोटका लागि नेपाली टोली इरानतर्फ || तिलाठीका सीमा रक्षक यादव एमाले प्रवेश || सहकारीमा आधारभूत लेखा र कार्यालय व्यवस्थापन तालिम सम्पन्न || देशभर ५७ पीछडिएका स्थानिय तह (प्रदेश नं. ६ मा को–को || कात्तिकभित्रै वीरेन्द्रनगर पूर्ण खोपयुक्त नगर बन्दै || अर्थतन्त्रको मजुवदीका लागि कर्णालीलाई प्राथमिकताः राष्ट्रपति || जातीय भेदभाव विरुद्धको नारा कार्यान्वयन गर्न सरोकारवालाहरुको जोड || राप्रपा सुर्खेतले ग¥यो उमेद्वार सिफारिस || ‘बालिकाहरुलाई न्यायको पहुँचमा पुर्‌‍याउन जरुरी’ || विरेन्द्रनगर नगरपालिका वडा नम्वर ५ पुर्ण खोप युक्त वडा || नेपालका कान्छा पत्रकार विश्व रेकर्ड सम्मको यात्रा गर्दै .९० घण्टाको || सामाजिक संजालको प्रयोग बाटै निर्माण गरिएको भवनको गरियो उद्धघाटन || कस्तुरीको विनासहित सुर्खेतमा दुईजना पक्राउ || राप्रपा सुर्खेतद्वारा प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश || मोटरसाईकलमै रारा जानेको लहर || ब्राउन सुगर सहित सुर्खेतमा ४ जना पक्राउ || प्रभावकारी बन्यो यात्रु सहायता केन्द्र || ग्रामीण जागरणको साधारणसभाः अव दिउसो पनि सेवा || ‘अछुत्’, ‘सामाजिक परिवर्तनका लागि कोशेढुङ्गा’ || सुर्खेत देखी सिधा नेटासम्म फेरी बस संचालन || केन्द्रमा एकताको प्रयास र तालमेलको सहमति भएसँगै सुर्खेतका नेताहरु खुसी || टोट्नाउलामा मेला आज सकिँदै || कोजाग्रत पूर्णिमासँगै आजदेखि वडादशैँ सकिँदै || सुर्खेतको मुख्य निर्वाचन अधिकृतमा सिवाकोटी || नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच निर्वाचन ||
माथिल्लो कर्णाली बनाउन लगानी जुटेन, अव के हुन्छ ?

सुर्खेत, २० भदौ (जागरण) । सुर्खेत, दैलेख र अछामको सिमामा बन्ने माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन नसकिएको भन्दै भारतीय लगानीकर्ता ग्रान्धी माल्लिाकार्जुन राव (जिएमआर) ले म्याद थप्न आग्रह गरेको छ ।
जिएमआरले निर्धारित समयमा लगानी जुटाउन नसकेर लगानी बोर्डमा म्याद थपका लागि आवेदन दिएको हो । परियोजना विकास सम्झौता (पिडिए) भएको तीन वर्ष बित्न लाग्दासमेत परियोजनाको प्रवद्र्धक जिएमआरले वित्तीय व्यवस्थापन गर्न सकेको छैन ।
आयोजनाको म्याद सकिन अब २५ दिन मात्रै बाँकी छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले म्याद थपका लागि प्रवद्र्धकको तर्फबाट आवेदन परेको र त्यसमाथि छलफल भइरहेको जानकारी दिनुभयो । 
आर्थिक वर्ष २०७३÷०७४ मा सरकारले आयोजनाको म्याद एक वर्ष थप गरेको थियो । गत आर्थिक वर्षमा पनि प्रवद्र्धकले वित्तीय व्यवस्थापन गर्न नसकेको भन्दै आवेदन दिएको र सरकारले म्याद थप गरिदिएको थियो । प्रवद्र्धकले बंगलादेशलाई ४०० मेगावाट र भारतको हरियाणा राज्यलाई २०० मेगावाट विद्युत् बिक्रीका लागि समझदारीपत्रमा हस्ताक्षर भएको बताउँदै आएको छ । 
भारतीय बैंक तथा वित्तीय संस्थासँग ऋण लिने विषयमा छलफल भए पनि विद्युत् बिक्री सम्झौता (पिपिए) नभएको भन्दै ठोस प्रगति हुन नसकेको बताइएको छ । समझदारीपत्र, बैंक तथा वित्तीय संस्थाले ऋण लगानीका लागि दिएको सहमतिपत्र समेत प्रवद्र्धकले बोर्डमा हालसम्म पेश गरेको छैन । 
परियोजना विकास सम्झौतामा उल्लेख भएको प्रावधानअनुसार दुई वर्षमा लगानी जुटाउनुपर्ने भए पनि नसकेपछि एक वर्ष थप गरिएको थियो । विकासकर्ताले तीन वर्षको अवधिमा वित्तीय व्यवस्थापन तथा निर्माण पूर्वको आवश्यक तयारी पूरा गर्नुपर्ने थियो ।
यही भदौ १६ गते ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीसँग आयोजनाका प्रतिनिधिले छलफल समेत गरेका थिए । मन्त्री शाहीले तोकिएको समयमा काम नगरेका कारण आयोजनाको अनुमतिपत्र खारेज गर्ने आशयको सार्वजनिक वक्तव्य दिएपछि आयोजना प्रतिनिधिले भेटवार्ता गरेका थिए ।
आयोजनाका प्रतिनिधिले केही समय पहिले यहाँ आयोजना गरेको कार्यक्रममा वित्तीय स्रोत जुटाउन आवश्यक तयारी भइरहेको बताएका थिए । स्थानीय प्रभावितलाई मुआब्जा वितरणका लागि दैलेखको डावमा बैंक स्थापना गरिएको छ । पुनःस्थापना तथा पुनर्वाससम्बन्धी कार्ययोजनाका अनुसार कुल ४२६ घरधुरीलाई मुआब्जा दिनुपर्ने छ । निजी जग्गाको प्रतिरोपनी आठ लाख ९५ हजार रुपैयाँ मुआब्जा दिने तय भइसकेको छ ।
नौ सय मेगावाटको आयोजना बनाउन नेपाल सरकार र भारतीय कम्पनी जीएमआरबीच सन् २०१४ सेप्टेम्बर १९ मा सम्झौतामा हस्ताक्षर भएको थियो । बोर्डले आयोजनाका लागि वन क्षेत्रको जग्गा प्रयोगमा सहजीकरण गरिदिएको छ । वन क्षेत्रको जग्गा प्रयोगमा वन तथा भूसंरक्षण मन्त्रालयले आवश्यक निर्णय गरिदिएको छ ।
आयोजनाको सुरुङ, बाँध र विद्युत्गृह निर्माणका लागि प्रयोग हुने अछाम र दैलेखको २ सय ५२ दशमलव ७२ हेक्टर क्षेत्र बराबरको जग्गा उपलब्ध गराउने निर्णय गरिसकेको छ । दैलेखका सात्तला, सिंगौडी, लयाटीबिन्द्रासैनी, नेपा, नाउलेकटुवाल र खडावाडा, सुर्खेतका पोखरीकाँडा, छाप्रे, सालकोट र अछामका भैरवस्थान, रहफ, रानीवन आयोजनाबाट प्रत्यक्ष प्रभावित हुनेछन् ।
दैलेखको डाबमा १ सय ५० फिट अग्लो बाँध बनाइ २ दशमलव ५ किलोमिटर लामो सुरुङमार्फत अछामको बल्देमा पानी खसालेर विद्युत् उत्पादन गर्ने लक्ष्य छ । आयोजनाबाट सरकारले २७ प्रतिशत शेयर तथा १२ प्रतिशत बिजुली निःशुल्क पाउनेछ । एक खर्ब १६ अर्ब रुपैयाँ लागत हुने अनुमान गरिएको आयोजना २५ वर्षपछि सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ ।

Comment Box

सुर्खेत, ३१ असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय सुर्खेतमा...

सुर्खेत, ३१ असोज (जागरण) । आजबाट यमपञ्चक सुरु भएको छ...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिकामा हजार दिनका...

सुर्खेत, ३० असोज (जागरण) । खाद्य संकट कम गर्न खाद्ययान्न...

सुर्खेत, ३० असोज (जागरण) । सुर्खेतमा पछिल्लो समय धितोपत्रका विषयमा...

सुर्खेत, २९ असोज (जागरण) । अझै पनि समुदायका अन्य नागरिकहरुले...

काठमाण्डौँ, २८ असोज (जागरण) । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत्...

सुर्खेत, २८ असोज (जागरण) । राष्ट्रसेवक वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड...

सुर्खेत, २८ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक धितोपत्र...

काठमाण्डौँ, २७ असोज (जागरण) । राजनीतिक दलका शीर्ष नेताहरुले निर्वाचन...

काठमाण्डौँ, २७ असोज (जागरण) । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् हङकङविरुद्धको...

सुर्खेत, २७ असोज (जागरण) । प्रदेशनम्वर ६ मा शान्ति सुरक्षा...

सुर्खेत, २७ असोज (जागरण) । नेपालभरजस्तै सुर्खेतको वीरेन्द्रनगरमा नेपाल प्रहरीको...

दैलेख, २६ असोज (जागरण) । दैलेखको गुराँस गाउँपालिकाको विकासका लागि...

काठमाण्डौँ, २६ असोज (जागरण) । एएफसी फुटसल च्याम्पियनसिप २०१८ को...

काठमाण्डौँ, २६ असोज (जागरण) । सप्तरीको तिलाठीका सीमा रक्षक देवनारायण...

सुर्खेत,२६ असोज (जागरण) । सहकारीहरुका लागि सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालन भएको...

सुर्खेत, २५ असोज (जागरण) । देशभरका सातवटा प्रदेशमध्ये सवैभन्दा धेरै...

सुर्खेत, २५ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई पूर्ण खोपयुक्त...

जुम्ला, २५ असोज (जागरण) । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र...

सुर्खेत, २५ असोज (जागरण) । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य...

सुर्खेत, २४ असोज (जागरण) । बालिकाहरुलाई न्यायको पहुँचमा पु¥याउनुपर्नेमा सुर्खेतका...

सुर्खेत, २५ असोज (जागरण) । सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्वर...

सुर्खेत, २४ असोज (जागरण) । नेपाल कै सबै भन्दा कान्छा...

सुर्र्खेत, २४ असोज (जागरण) । सामाजिक संजाललाई कसैले दुरुपयोग गरेका...

सुर्खेत, २३ असोज (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कस्तुरीको...

सुर्खेत, २३ असोज (जागरण) । राष्ट्रिय प्रजातन्त्र पार्टी सुर्खेतले प्रमुख...

सुर्खेत, २३ असोज (जागरण) । विगतका वर्षहरुमा मुगुको रारा घुम्न...

सुर्खेत, २२ असोज (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु...

सुर्खेत, २१ असोज (जागरण) । सुर्खेत वीरेन्द्रनगर बसपार्कमा स्थापना गरिएको...

सुर्खेत, २१ असोज (जागरण) । ग्रामीण जागरण वचत तथा ऋण...

सुर्खेत, २१ असोज (जागरण) । सामाजिक कथामा आधारित चलचित्र ‘अछुत्’...

सुर्खेत, १९ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगरदेखि लेकवेशी नगरपालीका वडा...

सुर्खेत, १९ असोज (जागरण) । सुर्खेत र दैलेख जिल्लाको सीमाना...

सुर्खेत, १९ असोज (जागण) । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने...

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच निर्वाचन...