हाम्रो बारेमा

१) परिचयः

Ø            नामः जागरण एफ.एम., सुर्खेत ।

Ø            ठेगानाः वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेत नेपाल ।

Ø            सम्पर्क नम्वरः ०८३–५२४१४२, ९८५८०५०००७

Ø            इमेलः

समाचारका लागि- fmjagaran@yahoo.com

कार्यक्रम, विज्ञापन र सूचनाका लागि - fmjagaran.skt@gmail.com

Ø            वेवसाइटः www.jagaran.com.np  

२) प्रशारण क्षमताः ५०० वार्ट्

३) फ्रिक्वेन्सीः ९०.०८ मेगाहर्ज

$_ kx'Fr If]q M

Ø भौगोलिक तथा जनसंख्याः सुर्खेतसहित आसपासका नौ जिल्लाका केहि ठाउँ गरी कम्तिमा करिव २५ लाख जना ।

) पृष्ठभूमीः

                जागरण बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगर सुर्खेतद्वारा सञ्चालित जागरण एफ.एम.ले सुर्खेत जिल्लासहित प्रस्तावित ६ नम्वर प्रदेशका दैलेख, जाजरकोट, कालिकोट, रुकुम र सल्यान जिल्ला, प्रस्तावित ५ नम्वर प्रदेशका बाँके, बर्दिया र दाङ्ग तथा प्रस्तावित ७ नम्वर प्रदेशका कैलाली र अछाम जिल्लालगायतका जिल्लासम्म आफ्नो प्रसारण क्षमता अहिले एफ.एम. व्याण्डमा ९०.८ मेगाहर्जमार्फत् नै पु¥याइरहेको छ । पछिल्लो समय बढ्दो इन्टरनेटको पहुँचलाई ख्याल गर्दै सुर्खेतका रेडियोहरुमध्ये सवैभन्दा पहिला (वि.सं.२०६९) देखि वेवसाइट www.jagaran.com.np, मोवाइल एप्लिकेशन (गुगल प्ले स्टोरमा गएर Jagaran FM डाउनलोड गर्न सकिने) , फेसबुक www.facebook.com/fmjagaran र ट्वीटर @fmjagaran बाट आफ्नो प्रशारण र प्रकाशन सञ्चालन गरिरहेको छ ।

विशेषगरी, गीतसंगीत वा मनोरञ्जन मात्र नभई स्वास्थ्य तथा सरसफाई, शिक्षा, कृषि, बातावरण संरक्षण एवंम् प्राकृतिक प्रकोप न्यूनिकरण र जलवायू परिवर्तन, शुसासन, लोकतन्त्र र विकास, महिला अधिकार, शान्ति तथा आर्थिक विकाससम्वन्धि जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने गरेको छ । नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्ने लक्ष्यका साथ स्थापित भई आएको संस्था जागरण एफ.एम. हो । त्यसकारण सार्वजनिक हितका पक्षमा काम लाग्ने र जागरुक गराउने सत्य र तथ्यमा आधारित सूचना प्रवाहमा नियमित योगदान दिन जागरण एफ.एम. प्रयत्नरत छ ।

६) ध्येयः

स्थानीय विकास र सुशासन ।

) उद्देश्यहरुः

सेवा क्षेत्रका नागरिकहरुलाई स्वास्थ्य तथा सरसफाई, शिक्षा, कृषि, बातावरण संरक्षण एवं प्राकृतिक प्रकोप न्यूनिकरण र जलवायू परिवर्तन, शुसासन, लोकतन्त्र र विकास, महिला अधिकार, युवा र रोजगारी, नागरिक अधिकार, शान्ति र आर्थिक विकास सम्बन्धि जनचेतनामूलक सूचना तथा जानकारीहरु प्रसारण गर्ने हाम्रो उद्देश्य हो । त्यस्तै सेवा क्षेत्रका सम्पूर्ण सेवाग्राहीहरुलाई स्थानीय भाषा, संस्कृति तथा मौलिक पहिचानको उजागर, प्रचार र प्रसार गर्ने पनि हाम्रो उद्देश्य हो ।

लक्ष्यः सेवाक्षेत्र भित्रका नागरिकको अधिकार, जीवनयापन, अत्यावश्यक आधारभूत जानकारी तथा मनोरञ्जनमूलक सूचना तथा सन्देशहरु संकलन तथा प्रचारप्रसार गरी सम्वन्धित सरोकारवालासमक्ष पु¥याई आम समुदायको सूचनाको हक सुनिश्चित गर्ने र सफलताका कथामार्फत् नागरिकलाई क्रियाशिलताका लागि जागरण पैदा गराउने लक्ष्य छ ।

Ø बुँदागत रुपमाः

रेडियोका कारण नागरिक सचेत भएका हुनेछन् ।

सचेतीकरणपछि सामुदायिक विकासमा अग्रसर भएका हुनेछन् ।

नागरिकहरु अधिकार सम्पन्न भइसकेका हुनेछन् ।

सामुदायिक विकासका लागि सुशासन कायम गर्न नागरिक नै अग्रसर भएका हुनेछन् ।

सफलताको कथामार्फत् नागरिकलाई प्रत्साहन मिलेको हुनेछ ।

 

सामाजिक संजाल