आज हिमाली र पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

चैत ११, काठमाण्डौ । आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाउने गरिन्छ । आज पहाडी क्षेत्रमा र भोलि तराईका जिल्लामा होली मनाइन्छ । सरकारले आज पहाडी र हिमाली क्षेत्रमा सार्वजनिक बिदा […]

Continue Reading

विषादीमुक्त सप्ताह अन्तर्गत कर्णालीमा विविध कार्यक्रम गरिने

सुर्खेत, २३ फागुन । विषादीमुक्त सप्ताह अन्र्तर्गत कर्णाली प्रदेश सरकाले विविध कार्यक्रम आयोजना गर्ने भएको छ । फागुन २४ भोलीदेखि ३० गतेसम्म सञ्चालन हुने विषादीमुक्त सप्ताह अन्तर्गत विविध कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सप्ताह अन्तर्गत सर्वप्रथम भोली विहान ७ बजे बुलबुले कृषि बजारबा वीरेन्द्रनगरबाट ¥याली सुरु गरी बजार परिक्रमा गरिनेछ । त्यस्तै विषादीको प्रयोगका […]

Continue Reading

सात वटै प्रदेशमा ललितकला प्रदर्शनी

फागुन १८, सुर्खेत । नेपाली ललितकला क्षेत्रमा यसवर्ष पहिलो पटक सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी थालनी भएको छ । देशको सङ्घीयताअनुरुप सात वटै प्रदेशलाई समान स्थान दिँदै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यसपटकबाट सातै प्रदेशमा प्रदेशस्तरीय कला प्रदर्शनीको शुरुवात गरेको हो । कर्णाली प्रदेशको सुर्खेतबाट हिजोदेखि शुरु भएको प्रदर्शनी आउँदो चैत १६ गतेसम्म चल्नेछ । सातै […]

Continue Reading

आज ४२ औँ मगर एकता दिवस मनाइँदै

फागुन १५, काठमाण्डौ । आज ४२औँ मगर एकता दिवस मनाइँदैछ। देशैभरका मगर समुदायले राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । २०३९ साल फागुन १५ गते स्वर्गीय हेमबहादुर पुनको अध्यक्षतामा तनहुँमा नेपाल लाङ्घाली परिवार सङ्घको प्रथम अधिवेशन भएको थियो।त्यसैको सम्झनामा मगर सङ्घ र सम्बन्धित सङ्घ–संस्थाले एकता दिवसको रुपमा मनाउँदै आएका छन् । मगर […]

Continue Reading

आगामी बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश

फागुन १४, काठमाडौं । आर्थिक वर्ष २०८१÷०८२ को बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको हो । उहाँले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्र क्रमश सकारात्मक दिशातर्फ उन्मुख भइरहेको दावी गर्नुभयोे । अर्थमन्त्री महतले विद्युत उत्पादनमा […]

Continue Reading

कानून निमार्णमा स्थानिय, प्रदेश र संघ सरकारको समन्वय र सहकार्य प्रभावकारी हुन आवश्यक

फागुन १४, सुर्खेत । कानून निमार्णमा स्थानिय, प्रदेश र संघ सरकारको समन्वय र सहकार्य प्रभावकारीरुपमा हुन नसकेको सरोकारवालाहरुले बताएका छन् । आज नेपाल कानून समाजले सुर्खेतको विरेन्द्रनगरमा आयोजना गरेको प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावि रणनीतिक विषक अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । उनीहरुले कानून निमार्ण र त्यसको […]

Continue Reading

जाजरकोट भूकम्प ः रुकुम पश्चिममा २८ हजार अस्थायी आवस निर्माण

फागुन १२, त्रिवेणी (रुकुम पश्चिम) । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ । चार महिनाको अवधिमा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ । सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न केही समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी […]

Continue Reading

जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् ः प्रधानमन्त्री प्रचण्ड

फागुन १, काठमाण्डौ ।  प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति रहेको बताउनुभएको छ । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गरी उहाँले जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण नेपालीको साझा दिवसका रुपमा रहेको उल्लेख गर्नुभएको छ । जनयुद्धले परिवर्तनको […]

Continue Reading

६ महिनामा जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउने ४० हजार चालक कारबाहीमा

माघ १८, काठमाण्डौ । ६ महिनाको अवधिमा जाँडरक्सी र लागु पदार्थ खाएर गाडी चलाउने करिब ४० हजार चालक कारबाहीमा परेका छन् । नेपाल प्रहरीको तथ्याङ्क अनुसार गएको ६ महिनामा जाँडरक्सी खाएर गाडी चलाउने ३९ हजार दुई ७२ जना चालक कारबाहीमा परेका हुन् । यस्तै लागु पदार्थ प्रयोग गरी गाडी चलाउने दुई सय ४२ जना चालक […]

Continue Reading

तीन वर्षपछि नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक बस्दै

१८ पुस, काठमाडौं । नेपाल र भारतको परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक बिहीबार काठमाडौँमा बस्ने भएको छ । तीन वर्षपछि बस्न लागेको संयुक्त आयोगको बैठकमा उर्जा सहकार्य, व्यापार, कनेक्टिभिटी र सीमा समस्यालगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयको भनाइ छ । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री डा. एस जयशंकर बिहीबार काठमाडौँ […]

Continue Reading