About

  • संस्थाको पृष्ठभूमी

जागरण वहुउद्देश्यीय सहकारी संस्था लि. द्वारा सञ्चालित जागरण एफ.एम.ले सुर्खेत जिल्लासहित कर्णाली प्रदेशका दैलेख, जाजरकोट, कालिकोट, रुकुम र सल्यान जिल्ला, ५ नम्वर प्रदेशका बाँके, बर्दिया र दाङ्ग तथा सुदुरपश्चिम प्रदेशका कैलाली, डोटी र अछामलगायतका जिल्लासम्म ५०० वाट् क्षमताले एफ.एम. व्याण्डमा ९०.८ मेगाहर्जमा आफ्नो प्रशारण सेवा पुर्‍याइरहेको छ । बढ्दो इन्टरनेटको पहुँचलाई ख्याल गर्दै सुर्खेतका रेडियोहरुमध्ये सवैभन्दा पहिला (वि.सं.२०६९) देखि अनलाइन www.jagaran.com.np, मोवाइल एप्लिकेशन Jagaran FM, फेसबुक www.facebook.com/jagarannetwork, ट्वीटर @jagarannetwork बाट आफ्नो प्रशारण र प्रकाशन सञ्चालन गरिरहेको छ । साथै कर्णाली प्रदेशका अन्य सामुदायिक रेडियोसँग नेटवर्किङ्ग गरिरहेको छ । प्रशारणलाई जनमैत्री र समुदाय केन्द्रित गर्न सुर्खेत जिल्लाभर विभीन्न २३ वटा रेडियो स्रोता समूह क्रियाशिल छन् । श्रोता समूहले रेडियो कार्यक्रम सुनेर सामूहिक प्रतिक्रिया दिन्छन् र त्यसलाई रेडियोले गुणस्तर कायम गर्न मार्गनिर्देशन मान्ने गर्छ ।

विशेषगरी, पर्यटन, स्वास्थ्य तथा सरसफाई, शिक्षा, कृषि, वातावरण संरक्षण एवंम् प्राकृतिक प्रकोप न्यूनिकरण र जलवायू परिवर्तन, सुशासन, लोकतन्त्र र विकास, महिला अधिकार, शान्ति तथा आर्थिक विकाससम्वन्धि जनचेतनामूलक कार्यक्रम समेत सञ्चालन गर्ने गरेको छ । नागरिकको सूचना प्राप्त गर्ने हकलाई सुनिश्चित गर्ने लक्ष्यका साथ स्थापित भई आएको संस्था जागरण एफ.एम. हो ।

  • ध्येयः स्थानीय विकास र सुशासन ।
  • उद्देश्यहरुः

Ø बुँदागत रुपमाः

१) सामुदायिक विकास गर्न सुशासन र पारदर्शिताको लागि उपयुक्त वातावरण बनाउने ।
२) विकासका श्रोत साधनहरुमा अल्पसंख्यक समुदायको पहुँच बढाउने ।
३) अल्पसंख्यक, सामाजिक तथा आर्थिक रुपले पछि परेको वर्ग र समुदायलाई बलियो बनाउन मद्दत गर्ने ।
४) स्थानिय नागरिकका सवालमा सचेतिकरण र अधिकारको पैरवी गर्ने ।

  • लक्ष्यः नागरिकको अधिकार, जीवनयापन, अत्यावश्यक आधारभूत जानकारी तथा मनोरञ्जनमूलक सूचना तथा सन्देशहरु संकलन तथा प्रचारप्रसार गरी सम्वन्धित सरोकारवालाद समक्ष पुर्‍याई सूचनाको हक सुनिश्चित गर्ने र सफलताका कथामार्फत् नागरिकलाई क्रियाशिलताका लागि जागरण पैदा गराउने लक्ष्य छ ।

पहुँच (भौगोलिक) – कर्णाली प्रदेशभर (इक्वेल एक्सेसले गरेको सर्वेक्षणमा आधारित) ।

साझेदार रेडियो स्टेशनहरुः

****************************सुर्खेतः जागरण एफ‍.एम. (प्रमुख प्रशारण केन्द्र)****************************

१- सुर्खेतः रेडियो भेरीगंगा एफ.एम. भेरीगंगा नगरपालिका छिन्चु र रेडियो डाँडादरा एफ.एम. पञ्चपुरी नगरपालिका बावियाचौर
२) दैलेखः रेडियो ध्रुवतारा एफ.एम., रेडियो दुल्लुु एफ.एम.
३) कालिकोटः रेडियो चंखेली एफ.एम.
४) जुम्लाः रेडियो खुला आकाश एफ.एम.
५) मुगुः रेडियो सौर्यदय एफ.एम. र रेडियो रारा एफ. एम.
६) हुम्लाः रेडियो कैलाश एफ. एम. र रेडियो कर्णाली आवाज एफ.एम.
७) डोल्पाः रेडियो डोल्पा एफ.एम., रेडियो त्रिपुरा एफ. एम.
८) रुकुमः रेडियो गेमित्रिवेणी एफ.एम., रेडियो चौरजहारी एफ.एम., रेडियो सिस्ने एफ.एम. र रेडियो उत्तरगंगा एफ.एम.
९) सल्यानः रेेडियो कपुुरकोट एफ. एम. र रेडियो राप्ती एफ.एम.
१०) जाजरकोटः रेेडियो जाजरकोट एफ. एम. र रेडियो खलङ्गा एफ.एम.

जागरण रेडियो श्रोता समूहहरुः

क्र.सं. श्रोता समूहको नाम सहजकर्ता लिङ्ग जातिय पहिचान ठेगाना कैफियत
प्रगतिशिल प्रताप वि.सी. पुरुष क्षेत्री चौकुने- ४ विजौरा
हरियाली संगीता विष्ट महिला क्षेत्री चौकुने- २ लगाम
सृजनशिल हेमप्रकाश पौडेल पुरुष व्राहमण चौकुने- २ लगाम
चिउराली दीपक राज रोकाय पुरुष क्षेत्री चौकुने- ३ वेतान
कर्णाली सविना देवकोटा महिला व्राहमण चौकुने- ८ विजौरा
काँशेगाउँ कमला वि.सी. महिला क्षेत्री चौकुने- ७
सभ्य कमला राना महिला क्षेत्री चिङ्गाड- ३ मटेला
मालिका दिनेश वि.क. पुरुष दलित चिङ्गाड- ३ मटेला
जनचेतना कृष्ण प्रसाद उपाध्याय पुरुष व्राहमण चिङ्गाड- ३ मटेला
१० काँडापोखरी अमर बहादुर राना पुरुष क्षेत्री चिङ्गाड- २ रानीवास
११ जनआवाज मानबहादुर खड्का पुरुष क्षेत्री चिङ्गाड- २ रानीवास
१२ नवदेवी पद्मा वि.क. पुरुष दलित चिङ्गाड- २ रानीवास
१३ हाम्रो आवाज खगिसरा पंगाली महिला ब्राहमण लेकवेशी- ५ नेटा
१४ परिवर्तन सीता कुमारी विष्ट महिला क्षेत्री लेकवेशी- ४ दशरथपुर
१५ प्रगतिशिल यमुना खत्री महिला क्षेत्री लेकवेशी- ४ दशरथपुर
१६ कमाइघारी नन्जिता ढकाल महिला व्राहमण लेकवेशी- ४ दशरथपुर
१७ सिमलडाँडा गीता राना महिला क्षेत्री सिम्ता- ९ खानीखोला
१८ फूलवारी पूर्णा वि.क. महिला दलित पञ्चपूरी- ४ बावियाचौर
१९ देउतिवज्यै दिलिप वयक पुरुष क्षेत्री पञ्चपुरी- ७ छाप्रे
२० हरियाली नम्रता नेपाली महिला दलित पञ्चपुरी- ६ बावियाचौर
२१ जनकल्याण नविन सुनार पुरुष दलित पञ्चपुरी- ७ छाप्रे
२२ जुनेली लक्ष्मी शाही महिला ठकुरी पञ्चपुरी- ४ बावियाचौर
२३ सालघारी गीता आले महिला जनजाति वराहताल- ५ कुनाथरी