नेपालले आज नेदरल्याण्डसँग खेल्दै

काठमाण्डौँ, २० असोज (जागरण) । पाँच देशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले आज नेदरल्याण्डसँग खेल्दैछ । आफ्नो दोस्रो खेलअन्तर्गत नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्न थालेको हो ।
यसअघि पहिलो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको नेपाल १ खेलमा २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । हङ्कङले २ खेलमा अंक जोड्न सकेको छैन ।
यस्तै, नेपालले पर्सी असोज २२ गते आयरल्याण्डसँग र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ । सिरिजमा नेपालसहित आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।