कर्णालीमा यो बर्ष वजेट फ्रिज हुदैन

बुद्धिमान पुन
सल्यान, ७ भदौ (रेडियो राप्ती) । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनितिक सल्लाहकार भिम प्रकाश शर्माले कर्णाली प्रदेश सरकारले यस बर्ष बिकास बजेट धेरै खर्च गर्ने दावी गर्नुभएको छ ।
बिगतको बर्षमा बिभिन्न ऐन कानुन निर्माण गर्नुपर्ने लगाएतका बिभिन्न कारणले बिकास बजेट कम खर्च भएको बताउदैँ उहाँले यस बर्ष उल्लेख्य मात्रामा बिकास बजेट खर्च हुने बताउनुभएको हो ।
आज सल्यानको सदरमुकाम खलंगामा पत्रकारहरुसँगको भेटघाटका क्रममा उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले प्रदेशमा दरबन्दी अनुसारको कर्मचारी नहुदाँ समस्या भएको बताउदै अब प्रदेशले आफ्नै कर्मचारी राख्ने तयारी भएकाले काम रप्तारले अगाडी बढ्ने बताउनुभएको छ ।