कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरुमा ३१ जनामा डेङ्गुको संक्रमण

सुर्खेत, ९ असोज (जागरण) । कर्णाली प्रदेशका बिभिन्न जिल्लाहरुमा ३१ जनामा डेङ्गुको संक्रमण देखा परेको छ ।
डेंगु र स्क्रब टाइफसका बिरामीहरु बढ्न थालेको भन्दै स्वास्थ्यकर्मीहरुले भने संक्रमण हुन बित्तिकै नआत्तिन आग्रह गरेका छन् ।
उनिहरु केहि अत्यधिक ज्वरो, आउने टाउको दुख्ने लगायतका लक्षण देखि स्वास्थ्य संस्था जान आग्रह समेत गरेका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म डेंगुका ३१ बिरामी फेला परेका हुन् । तीमध्ये एकजनाको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको छ ।
निर्देशनालयका अधिकृत श्यामलाल आचार्यका अनुसार सबैभन्दा बढी सुर्खेतमा १९ जनामा डेंगु भेटिएको छ । भने सल्यान, कालीकोट, दैलेख र रुकुम पश्चिममा ३–३ बिरामी भेटएका छन् ।
पछिल्लो समय डेंगुसँगै स्क्रब टाइफसको संक्रमण पनि देखापरेको छ । विशेषगरी पश्चिम सुर्खेतबाट उपचारका लागि आउने बिरामीमा यस्तो संक्रमण देखिएको चिकित्सकहरु बताउछन् ।
वीरेन्द्रनगरस्थित बालरोग अस्पतालका डाक्टर नवराज केसीले पछिल्लो केही दिनयता स्क्रब टाइफस करिब २ दर्जन बालबालिकामा देखिएको बताउनुभयो ।
बेलैमा रोगको पहिचान नहुँदा बालबालिका सिथिल अवस्थामा अस्पताल पुग्ने गरेको उहाको भनाई छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म कर्णाली प्रदेशभर ७ जनामा मात्र स्क्रब टाइफस देखापरेको छ ।