हानिकारक प्रथाविरुद्ध दुई किसिमका सञ्जाल बनाउने प्रतिवद्धता (अडियो सहित)

सुर्खेत, ६ भदौ (जागरण) । सामाजिक हानिकारक प्रथा–प्रचलनको विरुद्धमा काम गर्नेगरी कर्णाली प्रदेशमा क्रियाशिल सरकारी र गैरसरकारी निकायहरुको दुई किसिमका सञ्जाल बनाइने भएको छ । सामाजिक हानिकारक प्रथा–प्रचलनले महिला तथा बालबालिकालाई बढी प्रभावित गरेकाले त्यस्ता प्रथा–प्रचलन विरुद्ध काम गरिरहेका निकायहरुको सञ्जाल बनाइने भएको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत सामाजिक विकास महासाखाले प्रदेश, जिल्ला […]

Continue Reading

कर्णालीमा पाँच हजारभन्दा बढी नयाँ उद्योग

पंखबहादुर शाही । सुर्खेत, १ भदौ (जागरण) । एक वर्षको अवधिमा कर्णाली प्रदेशमा ५ हजार भन्दा बढी नयाँ उद्योग थपिएका छन् । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकाअनुसार कर्णालीमा पाँच हजार ७ सय ८८ वटा नयाँ उद्योग दर्ता भएका हुन् । जसमा ३ हजार ३ सय ९७ घरेलु तथा साना उद्योग, ४ सय […]

Continue Reading

सुर्खेत र सल्यानका सरकारी कार्यालयमा छड्के

सुर्खेत, १ भदौ (जागरण) । सुर्खेत र सल्यानका जिल्ला प्रशासन कार्यालयहरुले सरकारी कार्यालयको अनुगमन गरेका छन् । सुर्खेतको जिल्ला प्रशासनले वीरेन्द्रनगरस्थित १२ वटा संघीय सरकार मातहतका कार्यालयहरुको अनुगमनका क्रममा अधिकृतस्तरका तीन, सहायकस्तरका १६ र पोशाक विनाका १६ जना कर्मचारी अनुपस्थित भेटिएका छन् । प्रशासन कार्यालयका अनुसार संघीय खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजनाको कार्यालयमा कुनै […]

Continue Reading

वाह ! चक्रपथः न धुलो न जाम (भिडियो सहित)

काठमाण्डौँ, २७ साउन (जागरण) । कुनै बेला बाहिरी जिल्ला वा देशबाट नेपालको संघिय राजधानी काठमाण्डौँ जानुपर्ने भयो भने जो कोहीलाई पनि तनाव शुरु हुन्थ्यो । सोच्ने गरिन्थ्यो, हत्तेरी ! फेरी पनि काठमाण्डौँको धुलैधुलोमय बाटोको यात्रा गर्नुपर्ने भयो । घण्टौँ लाइन लागेर पट्यारलाग्दो यात्रा गर्नुपर्ने भयो । यसैगरी सोच्ने गरिन्थ्यो, ओहो ! तोकेको समयभित्रै काठमाण्डौँको काम […]

Continue Reading

किन गठन हुन सकेन कर्णालीको लोक सेवा आयोग ?

सुर्खेत, २७ साउन (जागरण) । ऐन जारी भएको लामो समय भइसक्दा पनि कर्णाली प्रदेश सरकारले प्रदेश लोक सेवा आयोग गठन गर्न सकेको छैन । प्रदेश लोकसेवा आयोग गठनमा भइरहेको ढिलाइका कारण यस वर्ष पनि कर्णाली प्रदेश सरकारलाई कर्मचारीको अभाव कायमै हुने भएको हो । कर्मचारीको अभाव पूर्ति गर्न भन्दै प्रदेश लोक सेवा आयोग गठन गर्ने […]

Continue Reading

भदौदेखि हेलिप्याड बनाउने प्रक्रिया शुरु हुने

सुर्खेत, २७ साउन (जागरण) । कर्णाली प्रदेश सरकारले विभिन्न ठाउँमा हेलिप्याड बनाउन भदौ महिनादेखि प्रक्रिया शुरु गर्ने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आपतकालिन अवस्थामा उद्दार र अन्य कार्यका लागि १० वटै जिल्लाका १५ स्थानमा हेलिप्याड बनाउन थालेको हो । हेलिप्याड बनाउन मन्त्रालयले १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । […]

Continue Reading

वर्षदिनभर कर्णालीमा करिव नौ सय घरेलु हिंसाका उजुरी 

सुर्खेत, २२ साउन (जागरण) । कर्णाली प्रदेशमा एक वर्षको अवधिमा मात्रै करिव ९ सय घरेलु हिंसाका घटना प्रहरी सम्म पुगेका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लामा गरी गत आर्थिक वर्षमा ८ सय ५८ वटा उजुरी दर्ता भएका हुन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सवै भन्दा बढी सुर्खेतमा ४ सय ६८ वटा घरेलु हिंसाका […]

Continue Reading

आहा कर्णालीः अव प्रवेशद्वारमै थाह हुनेछ कर्णाली (फोटोहरु)

दीपेन्द्र ओली सुर्खेत, २१ साउन (जागरण) । के तपाइलाई कर्णाली प्रदेश घुम्न मन छ ? मन छ भने तपाइलाई यो धर्तिको ‘भर्जिन’ पर्यटनको केन्द्रविन्दु कर्णालीमा स्वागत छ । तर अझै पनि तपाईमा केही अन्यौलता छ कि ? जस्तै कहाँ घुम्ने ? के हेर्ने ? कर्णालीको पहिचान के हो ? रितिरिवाज चालचलन, संस्कृति के छ ? […]

Continue Reading

कर्णालीमा प्राकृतिक विपत् (कहाँ के भयो ? हेर्नुहोस्)

सुर्खेत, ८ साउन (जागरण) । अविरल वर्षाका कारण कर्णाली प्रदेशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएका छन् । कर्णालीका धेरै जिल्लामा साना ठूला पहिरो गएका छन् भने कतिपय ठाउँमा डुवानले समस्या सिर्जना गरेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ९ र १० का तल्लो तटिय क्षेत्रमा डुवान भएको छ । डुवान क्षेत्रमा स्थानिय […]

Continue Reading

पुस्ता फरक-स्वर एउटैः ‘हानिकारक प्रथा परिवर्तन गर्नैपर्छ’

सुर्खेत, ६ साउन (जागरण) । कर्णाली प्रदेशका अघिल्लो र पछिल्लो पुस्ताले एकै स्वरमा परम्परागत रुपमा पालना गरिने हानिकारक प्रथा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । युवा–विद्यार्थी, अधवैँशे र ज्येष्ट नागरिकहरुले एकै साथ हानिकारक र विभेदकारी सवै प्रथा र परम्पराकै कारण कर्णाली पछि परेको बताएका हुन् । ‘न्यायका लागि आवाज विस्तार परियोजना’ ले गरेको अन्तरपुस्ता संवाद […]

Continue Reading